गुल्मीदरबारको चारपालामा नि:शुल्क वृहत् स्वास्थ्य परीक्षण शिविर संचालन हुँदै



नवीन कार्की


गुल्मी । गुल्मीमा नि:शुल्क स्वास्थ्य परीक्षण शिविर संचालन हुनेभएको छ । जिल्लाकाे गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ चारपालामा रहेको इश्वरी माध्यमिक विद्यालयमा नि:शुल्क स्वास्थ्य परीक्षण शिविर हुनेभएको हो । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर हुन लागेको गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजका अध्यक्ष उषा खत्रीले जानकारी दिइन् । कार्यक्रम गुल्मीदरबार गाउँपालिका अध्यक्ष सराेजकुमार थापाको प्रमुख आतिथ्यतामा संचालन हुनेछ ।

चारपाला रुपन्देही सम्पर्क समाजको आयोजना, साझा हस्पिटल प्रालिको प्राविधिक सहयोग र गुल्मीदरबार गाउँपालिकाकाे समन्वयमा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुन लागेको हो । शिविर २९ चैत २०८० बिहीबार इश्वरी माध्यमिक विद्याललयमा संचालन हुने गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजका अध्यक्ष उषा खत्रीले बताइन् । शिविर बिहान ८ बजेदेखि साँझसम्म संचालन हुनेछ । आर्थिक अभावमा ग्रामीण भेगमा बिरामीहरु लुक लुकाएर बस्न बाध्य छन् । जसका कारण राेगकाे पहिचान गरी समयमै उपचार गराउन गाउँमै नि:शुल्क वृहत् स्वास्थ्य शिविर संचालन हुन लागेको हो ।

Jeewan and Rajan Tailors

स्वास्थ्य शिविर साझा हस्पिटल प्रालिमा कार्यरत विशेषज्ञ डाक्टरहरुद्धारा बृहत निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन हुनेछ
। आयोजक संस्थाले शिविरमा निःशुल्क स्वास्थ्य परिक्षण गराई अवसरको फाइदा लिन सबैलाई आग्रह गरेको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया