न्यूनतम सेवा मापदण्डमा गुल्मी अस्पताल लुम्बिनी प्रदेशमै तेस्रो



सुमन महतारा


गुल्मी । गुल्मीको गुल्मी अस्पताल स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर लुम्बिनी प्रदेशमा तेस्रो भएको । गुल्मी अस्पतालको भौतिक संरचना अभावका बिचमा पनि सेवा प्रवाहमा सुधार ल्याएको छ । न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ९१ प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेका १२ जिल्लाका अस्पताल मध्ये गुल्मी अस्पताल तेस्रो भएको हो ।

अस्पतालको न्यूनतम सेवा मापदण्डको बारेमा स्वास्थ्य तथा जनसंख्य मन्त्रालयबाट प्रमुख अस्पताल नर्शिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ सहितको टोलिले मुल्याङकन गरेका थिए । अस्पतालको स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड अनुगमन मुल्याङकन गर्दा विगतमा भन्दा थप उपलब्धी पाएको श्रेष्ठले बताइन् । गत वर्षको मूल्याङनमा पनि गुल्मी अस्पताल ८९ प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेशमा तेस्रो भएको थियो । तर यशवर्ष अंक बृद्धि ९१ प्रतिशत ल्याएको छ ।    यो उपलब्धी प्राप्त गर्न सबैको सहयोगबाट यश अवस्थामा आउन सफल भएको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बञ्जाडेले बताए । मूल्याङकन नतिजा प्रकाशन कार्यक्रममा गुल्मी अस्पतालले गरेको प्रगतीको प्रशंसा गरिएको थियो ।
   
गुल्मी अस्पतालमा हाडजोर्नी, गाइनोलोजिष्ट, हेमो डायलाइसिस सेवा लगायतका बिशेष डक्टरहरु सहितका सेवा बिस्तार भएका छन् ।  भौतिक संरचना अभावका बिचमा पनि अस्पताल तेस्रो स्थानमा ल्याउन निरन्तर खटिने स्वास्थ्य कर्मीको खटाइले प्राप्त उपलब्धीलाई जोगाइराख्न थप चुनौतिपनि थपिएको अस्पातल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले बताए  । भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ । अस्पतालले पुरानो भवनमा साघुँरो कोठाहरुबाट पनि बिशेषज्ञ सेवा भने दिँदै आएको छ ।

Jeewan and Rajan Tailors

कार्यक्रमका बिशेश अतिथि रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले जिल्ला अस्पताल सुधारका निमित्त र यसकाे सकारात्मक विकासका निमित्त सबै लाग्नुपर्ने बताए । उनले गुल्मी अस्पतालकाे विकासकाे निमित्त रेसुङ्गा नगरपालिका र आफू सधैं लागिरहेको बताएका छन । हाडजोर्नी सेवाले बर्षमै ५०,६० कराेड बढि रकम जिल्ला बाहिर जान बाट राेकिएकाे र नागरिकले महशुस गरि सेवा लिने गरि काम गर्न सबै स्वास्थ्यकर्मीलाई अनुरोध गरे । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेणबहादुर खत्रीले अस्पतालकाे विकासका निमित्त आफू र सिंगो समन्वय परिवार जुनसुकै सहयोगका लागि तयार रहेको बताए  ।

The Star Family Restaurant

कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख र  अस्पतालका विभिन्न सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया