गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा माध्यमिक तह स्तरीय हाजिरी जवाफ तथा निवन्ध लेखन प्रतियोगिता २०८१ सम्पन्न भएको छ । “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता” नाराका साथ हाजिरी जवाफ तथा निवन्ध लेखन प्रतियोगिता २०८१ सम्पन्न भएको हो । निवन्ध लेखनतर्फ प्रथम स्थानमा काब्रेपोखरी माध्यमिक विद्यालय आएको छ । त्यस्तै द्वितीय स्थानमा ठुलापोखरा माध्यमिक विद्यालय र तृतीय स्थानमा रुन्खा दह माध्यमिक विद्यालय आएको छ । साथै हाजिरी जवाफ तर्फ प्रथम स्थानमा शारदा माध्यमिक विद्यालय, द्वितीय स्थानमा ईश्वरी माध्यमिक विद्यालय र तृतीय स्थानमा रुन्खा दह माध्यमिक विद्यालय आएको छ । गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्न र स्वस्थ्य प्रतिस्पर्धा मार्फत शिक्षाको गुणस्तरीयता विकास गर्न हाजिरी जवाफ प्रतियोगिता र निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले बताए । गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले प्रतियोगितामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई पुुरस्कार वितरण गर्दै आगामी दिनमा शैक्षिक क्रियाकलापमा गुल्मीदरबारका विद्यार्थी र विद्यालय उत्कृष्ट हुनेगरी अगाडि बढ्नुपर्ने बताइन् । गाउँपालिका अध्यक्ष सराेजकुमार थापाले पुरस्कार वितरण गर्दै स्वस्थ्य प्रतिस्पर्धाले शिक्षामा थप गुणस्तर ल्याउन सकिने भएकोले हाजिरी जवाफ प्रतियोगिता र निबन्ध लेखन प्रतियोगिता कार्यक्रम प्रभावकारी भएको बताए ।
तपाईंको प्रतिक्रिया
-
कार्की लाइभ गुल्मीका बजार व्यवस्थापक हुन् । उनी लाइभ गुल्मीका संवाददाता समेत हुन् ।लेखक द्वारा अन्य