गुल्मीमा घर, गाेठ र विद्यालयकाे शौचालय जलेर नष्ट 



सन्तोष महतारा


गुल्मी । गुल्मीमा घर, गाेठ र विद्यालयकाे शौचालय जलेर नष्ट भएका छन् । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ७ भनभनमा खरबारीमा लागेको आगो बस्तीमा पुग्दा घर, गाेठ र विद्यालयकाे शौचालय जलेर नष्ट भएका हुन् ।                                                                                जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलका अनुसार, भनभनेका यमबहादुर घर्तीको ढुङ्गाले छाएको २ तले बङ्गालो, सोमबहादुर घर्तीको ढुङ्गाले छाएको २ तले कच्ची घर, २ तले कच्ची बङ्गालो, एक कुटानी पासनी मिल, मधु घर्तीको ३ वटा परालको टौवा, दाउरा राख्ने कटकुरो, एक आरा मेसिन, जमुना घर्तीको खर, परालको टाैवा, दिपक माध्यमिक विद्यालयकाे टिनको छानो भएको २ वटा शौचालय जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।                                                                            गुल्मीमा पछिल्लोपटक आगलागीका घटनाहरु बढिरहेका छन् । हाल पनि गुल्मीको रेसुङ्गा र अर्जुन क्षेत्रमा आगलागी भइरहेको छ । प्रयास भएपनि आगलागी नियन्त्रणमा आएको छैन् । जिल्लाकाे इस्मा, मदाने, मुसिकाेट, मालिका र गुल्मीदरबार लगायतका स्थानमा गत हप्तादेखि लागेको आगो बस्तीमा पुग्दा क्षति भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया