रेसुङ्गा नगरपालिकाद्वारा इस्माका आगलागी पीडितलाई दुई लाख आर्थिक सहयोग



सन्तोष महतारा


गुल्मी । रेसुङ्गा नगरपालिकाद्वारा इस्माका आगलागी पीडितलाई दुई लाख आर्थिक सहयोग गरिएको छ  । इस्मा गाउँपालिकाका आगलागी पीडितहरुको सहयोगका लागि शुक्रबार रेसुङ्गा नगरपालिकाको तर्फबाट दुई लाख रुपैयाँको चेक रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्कालाई हस्तान्तरण गरेका थिए ।                                                                            अग्नि पीडित नागरिकसंग प्रत्यक्ष भेटघाटसंगै वर्तमान अवस्थाको बारेमा पनि जानकारी लिएको नगरपालिका प्रमुख पन्थीले बताए । पीडामा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीको पीडामा मलम लगाउन आफूहरू प्रतिबद्ध रहेको पन्थीले बताएका थिए । स्थानीय सरकारको तर्फबाट अध्यक्ष भगत सिंह खड्कासहित सबै जनप्रतिनिधिहरुको विपतमा परेका आफ्ना नागरिकप्रतिको अभिभावकत्व अनुकरणीय र प्रशंसनीय रहेको बताए ।                                                                             गत शनिबार जंगलमा लागेकाे आगाे बस्तीमा पुग्दा इस्माका सिदुङ्खा, हाडीखाेला, मुड्किना र काेटकाेटरीमा २६ घर जलेर पूर्ण रुपमा नष्ट भएका थिए । ४९ गाेठ जलेर नष्ट भएका थिए । जसबाट एक सय ९९ जना विस्थापित भएका थिए । हाल इस्मा गाउँपालिकाले घरहरूकाे पुनर्निर्माण सुरु गरिसकेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया