होटल पौवा रेसुङ्गाद्वारा गुल्मी अस्पतालका बिरामीलाई फलफूल वितरण



सन्तोष महतारा


गुल्मी । होटल पौवा रेसुङ्गा शाखाले स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरेको छ । सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा उपचार गराइरहेका बिरामीलाई फलफूल वितरण गरिएको हो । होटल पौवाको आठौं स्थापना दिवसको अवसरमा देशभरका शाखाबाट सामाजिक काम गरिएको सन्दर्भमा गुल्मीको रेसुङ्गा शाखाले पनि बिरामीलाई फलफूल वितरण गरेको रेसुङ्गा शाखाका व्यवस्थापक प्रदीप घिमिरेले जानकारी दिए ।

उनका अनुसार, होटल पौवाले विभिन्न समयमा व्यवसायसँगै सामाजिक काम पनि गरेको छ । जस अन्तर्गत रेसुङ्गा शाखाबाट बिरामीलाई फलफूल वितरणसँगै बिहानी समयमा रेसुङ्गा महापोखरी, मन्दिर र होटल पौवा परिसर सरसफाइ गरिएको हो । गुल्मी अस्पतालका डाक्टर मिलन भुसालले होटल पौवाले स्थापना दिवसको अवसरमा सामाजिक काम गरेकोमा पौवाको प्रगतिको कामना गरे । उनले बिरामीलाई स्वास्थ्य लाभको कामनासँगै फलफूल वितरण गरेकोमा होटल पौवालाई धन्यवाद दिए ।

Jeewan and Rajan Tailors

नेपाल पत्रकार महासंघ गुल्मीको तर्फबाट सह–सचिव तिलाचन पाण्डेले होटल पौवाले स्थापना दिवसको अवसरमा रचनात्मक काम गरेको बताए । उनले यो कामबाट होटल पौवा बिरामी र समुदाय प्रति समर्पित र उत्तरदायित्व बहन गरेको छ भन्दै अन्य संघसंस्थाले सोही बमोजिम गर्नुपर्ने पत्रकार पाण्डेले बताए । होटल पौवाका देशभर १२ शाखा संचालनमा छन् । नेपालगञ्चमा थप शाखा संचालनको तयारीमा रहेको ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया