चिटिक्क बन्यो लामो समयसम्म टहरामै रहेको सिद्धमालिका आधारभूत विद्यालय



सन्तोष महतारा


गुल्मी । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर २ काे साउनेपानीमा रहेको सिद्धमालिका आधारभूत विद्यालयकाे भवन चिटिक्क बनेको छ । लामो समयसम्म टहरामै सीमित रहेको उक्त विद्यालयकाे भवन दुई वर्षको समयमै आमूल परिवर्तन भएको हो । बैशाख २०७९ सम्म गाईगाेठकाे टहराे जस्तो देखिने जस्ता (टिन) को छाप्राेमा विद्यार्थीले कष्टकर रुपमा अध्ययन गर्दै आएको विद्यालयकाे भवन अहिले चिटिक्क हेर्न लायक बनेको छ ।

मालिका गाउँपालिका अध्यक्ष देविराम अर्यालले आफू निर्वाचित हुँदा विद्यालयकाे अवस्था दयनीय रहेकोमा युडब्लुएस सँग सहकार्य गरी विद्यालयकाे भवन निर्माण अन्तिम चरणमा पुगेको बताए । उनले विद्यालयकाे अवस्था नाजुक देखेपछि तत्काल युडब्लुएसँग सहकार्य गरी अगाडि बढेको बताए ।

Jeewan and Rajan Tailors

उक्त विद्यालयकाे भवन युडब्लूएस (United World School) काे ७० प्रतिशत, मालिका गाउँपालिकाकाे ३० प्रतिशत लगानी र स्थानीय उपभोक्ताकाे समझदारीमा विद्यालय भवन निर्माण भएको हो । योसँगै साेही वडाकै च्यानडाँडामा रहेको च्यानडाँडा माध्यमिक विद्यालय र गाउँपालिकाकाे वडा नम्बर ६ मा रहेको रानीपाेखरी आधारभूत विद्यालयमा पनि भवन निर्माणकाे काम सुरु भएको छ ।

The Star Family Restaurant

मालिका गाउँपालिका अध्यक्ष देविराम अर्यालले विद्यालयकाे भाैतिक संरचनासँगै गुणस्तरीय शिक्षा प्रदान गर्न युडब्लुएस सँग सहकार्य गरी काम गरिरहेकाे बताए । उनलेे गाउँपालिकाकाे वडा नम्बर २ साउनेपानीमा रहेको विद्यालयकाे भवनले दुई वर्ष अगाडि समग्र शिक्षाकाे गुणस्तरलाई गिज्याईरहेकाेले त्यसलाई परिवर्तन गर्ने अठाेट लिएकाे बताए । त्यही अठोटलाई मुर्तरुप दिँदै आज गुणस्तरीय भाैतिक संरचना बनाउन सकिएको बताए । उनले भाैतिक संरचनासँगै प्रदान हुने शिक्षा पनि थप गुणस्तरीय हुने बताए । उनले गाउँपालिकाकाे अन्यत्र स्थानमा युडब्लुएससँग सहकार्य गरी बन्न लागेका विद्यालय भवनले पनि शिक्षामा आमूल परिवर्तन हुने दाबी गरे ।

दुई वर्ष अघि विद्यालयको अवस्था

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया