गुल्मीको रेसुंगा विमानस्थलबाट साप्ताहिक तीन उडान हुने



सन्तोष महतारा


गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडान हुनेभएको छ । यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्ससँग माग गरी तीन उडान हुनेभएको रेसुंगा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले जानकारी दिए ।

उनका अनुसार, अब गुल्मीकाे रेसुंगा विमानस्थलमा साप्ताहिक तीन उडान हुनेछन् । उनले कठोर मिहिनेत र पटक-पटकको छलफलपछि आगामी सोमबारबाट रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले साप्ताहिक तीन उडान गर्ने सहमति भएको बताए । नेपाल एयरलाइन्सले हालसम्म साप्ताहिक दुई उडान गरिरहेकाे थियो । प्रत्येक बुधबार र शुक्रबार उडान भइरहेको थियो ।

Jeewan and Rajan Tailors

अबदेखि प्रत्येक साेमबार, बुधबार र शुक्रबार उडान हुनेछ । रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले उडान थप भएकोले अब आम नागरिकले टिकटको अभावमा भोग्नु परेको दु:ख र समस्याको केही हदसम्म समाधान हुने विश्वास लिएकाे बताए । यात्रुको चापका आधारमा थप उडानका लागि पनि पहल गरिने नगरपालिका प्रमुख पन्थीले जानकारी दिएका छन् ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया