गुल्मीका प्रशान्त बने जापानको चर्चित अटो कम्पनी निसानका सफ्टवयेर इन्जिनियर



सन्तोष महतारा


गुल्मी । गुल्मीका प्रशान्त तिवारी जापानको चर्चित अटो कम्पनी निसानका सफ्टवयेर इन्जिनियर बनेका छन् । जिल्लाकाे मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरका युवा प्रशान्त तिवारी बिश्वकै उत्कृष्ट जापानको चर्चित अटो कम्पनी निसानका सफ्टवेयर इन्जिनियर बनेका हुन् ।

निसानले जापानका उत्कृष्ट बिश्वबिधालयका उत्कृष्ट विद्यार्थीलाई दिने आकर्षक कामको अफर गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौर गुल्मीका युवा तिवारीले पाएका हुन् । जापानको खानागाबा केनको योकोहामामा रहेको निसान मोटर्सको मुख्य कार्यालयमा सोफ्टवेर इन्जिनियर तथा डाटा साइनटिष्टमा काम प्राप्त गर्न सफल भएका हुन् । जापानको ओसाकामा रहेको रिचुमेइखान युनिभर्सिटीमा कम्प्यूटर साइन्स तथा इन्जिनियरिङ तेस्रो बर्षमा पढ्दै गरेका प्रशान्त तिवारीलाई पढाई पुरा हुन एक बर्ष पहिलेनै सन् २०२५ अप्रिलबाट काम सुरू गर्ने गरी निसान मोटर्स कर्पोरेसनले सफ्टवेयर इन्जिनियरिङ तथा डाटा साइनटिष्टमा रोजगारीको सुनौलो अवसर पाएका हुन् ।

Jeewan and Rajan Tailors

काठमाण्डौंको ज्ञानेश्वरमा रहेको ग्यालेक्सी पब्लिक स्कुलबाट दश कक्षा उत्तीर्ण प्रसान्त तिवारी ललितपुरको प्रसादी एकेडमीबाट बिज्ञान बिषयमा प्लस टु पास गरेका थिए । सानै उमेर देखी कम्प्युटरमा रूची राख्ने प्रशान्तले जापानको ओसाकामा रहेको रिचुमेइखान युनिभर्सिटीमा कम्प्यूटर साइन्स तथा इन्जिनियरिङ पढ्दै छन्बि ।

The Star Family Restaurant

बिश्वबिधालयको पढाईमा अब्बल मात्र होइन अंग्रेज़ी परिक्षाहरू IELTS, SAT, ACT, TOICE लगायत जापानी भाषा N2 लेबल पनि उत्कृष्ट अंकका साथ पास गरेका छन् । जापानका युनिभर्सिटिमा पढ्ने नेपाली बिद्यार्थीका लागी प्रशान्त एक प्रेरणाका श्रोत र एक सफल उदाहरण समेत बनेका छन् ।

जापानमा पढ्ने धेरै नेपाली विद्यार्थीहरूले दक्ष शिक्षा सँगै कामको उत्कृष्ट अबसर समेत प्राप्त गर्न सक्षम छन् भन्ने कुरा प्रशान्त तिवारीले प्रमाणित गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया