गजल: साथी



Live Gulmi


नसोध भो जिन्दगीको, अब खबर साथी।
पिउथे होला बरु मैले, पाए जहर साथी।।

जलि राछु पल-पल यहाँ, सम्झना को राप भित्र।
सकि सक्यो जिन्दगिमा, जिउने रहर साथी।।

Jeewan and Rajan Tailors

राखी हिम्मत मन भित्र, लक्ष्य थियो सिखर चुम्ने।
बिच बाटोमै निलकाडाको, बन्यो डगर साथी।।

The Star Family Restaurant

चाहाना छ यहि अब,अन्तिम बनोस यात्रा मेरो।
बाच्नु कुनै अर्थ छैन, सुके पछि सागर साथी।।

बहानानि सकि सके, कसो गरि छेकु मृत्यु।
टुंग्याइ दिन्छु जिन्दगीको बाकी सफर साथी।।
लेखक: सम्झना गिरि
(गिरि रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासमा अध्ययनरत छिन् उनी स्वतन्त्र विद्यार्थी युनियनकि सदस्य हुन् )

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया