गुल्मेली बालगायिका बिष्ट द भ्वाइस अफ किड्सको सेमिफाइनलमा प्रवेश



टाेपलाल अर्याल


गुल्मी । गुल्मी इस्मा गाउँपालिका–४, दोहलीकी प्रतिभाशाली बालगायिका आन्वी बिष्ट द भ्वाइस अफ किड्सको पाँचौ चरणको प्रतियोगीतामा सेमिफाइनल प्रवेश गरेकी छन् । आफ्नो मधुर स्वरले लाखौँ दर्शकको मन जित्दै बिष्टले सेमीफाइनलको सुन्दर यात्रामा अगाडि बढिरहेकी छन्।

द भ्वाइस अफ किड्सको टिम अर्जुनबाट आफ्नो गायन प्रस्तुत गरेकी बिष्ट स्टेजका निर्णायकको मात्र नभएर नेपाली दर्शकको मनमुटुमा बसेकी छन् । आन्वीका लागि सङ्गीत केवल रुचि होइन, यो उनको सपना, मेहनत र जीवनको लक्ष्य हो। सानैदेखि गीतलाई आफ्नो साथी बनाएकी उनी आज राष्ट्रिय मञ्चमा पुगेर गुल्मी, इस्मा र समग्र जिल्लाको पहिचान दिलाइरहेकी छन्।

उनले आफुको गायकीले मात्रै अब नहुने भएकाले दर्शकको माया र भोटसँगै अगाडीको यात्रा निर्भर रहेको बताइन् । आफ्नो यो यात्रालाई अझ उचाइमा पुर्‍याउने जिम्मेवारी दर्शकको भएकाले भोट गर्न आग्रह गरिन् । उनलाई भोट गर्न खल्ती एपमा जानुपर्नेछ ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया