हिम्मत गर न (गजल)



Live Gulmi


भनेकै त थियनी यात्रा लामो छ भनी
दुई कदम नचाल्दै विश्राम लिन्छौं किन?

हिम्मत गर न गन्तव्य भेट्न थाेरै छ
एउटा सपना मर्दैमा कारागारको कैदी बन्छाै कि?

Jeewan and Rajan Tailors

सगरमाथामा पनि त जमिनबाट सुरु हुन्छ नि
चड्ने आट गर न बेसक्याम्प बाटै फर्किन्छाै किन?

The Star Family Restaurant

खहरे खाेला पनि समुन्द्रमा पुग्छ एक दिन
रहरहरू जिबित छदै बन्धकीमा राख्छौं किन?

मूर्ति सजिलै मन्दिरमा पुगेको त हैन हाेला नि
सहनशीलता सफलताको प्रतीक हाे छिट्टै डग्मगाउदैं किन?

✍️सम्झना गिरी 

( लेखक गिरी गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययन गर्छिन । उनी स्वतन्त्र विद्यार्थी युनियनकि सदस्य समेत रहेकी छन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया