छुनु छ चन्द्रमा क्षितिजमा विलायाे नभन्नु
यात्री हुँ सफरकाे पैताला चिलायाे नभन्नु
माेतीकाे तिर्सना मेटिन्न शीतकाे थाेपाले
राेप्दैछु पसिना माटोमा मिलायाे नभन्नु
दिनेले पाँउछ थाहा छ त्यो पनि मलाई
लगानी गर्दैछु सर्पलाई पिलायाे नभन्नु
सिक्दैछु पाैडिन पारिकाे किनारा छुनु छ
उधार्न नजान्दा च्यातेर सिलायाे नभन्नु
चिम्लेर हाेइन खाेल्दैछु कर्मका परेली
ताराको देशमा सपना दिलायाे नभन्नु
✍️सम्झना गिरी( लेखक गिरि गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययन गर्छिन ।उनी स्वतन्त्र विद्यार्थी युनियनकि सदस्य समेत हुन)