शान्ति कहाँ आउँछ( गजल)



Live Gulmi


बन्दुक अनि तरवारले शान्ति कहाँ आउँछ ,
डर देखाउने हतियारले शान्ति कहाँ आउँछ ।

अन्यायको विराेध गर्दा जेलभित्र थुनिदिन्छन,
अशान्तिको कारागारले शान्ति कहाँ आउँछ।

Jeewan and Rajan Tailors

अपराधी बलात्कारी जेलबाट छुटाइ दिन्छन्,
हत्या, हिंसा बलात्कारले शान्ति कहाँ आउँछ ।

The Star Family Restaurant

नेताहरू कुर्सी खाेज्दै प्रलोभन फसी सके,
छाेएपनि स्वार्थी भारले शान्ति कहाँ आउँछ।

नाताबाद कृपाबाद जता ततै चल्छ यहाँ ,
घुस खाेरी भ्रष्टाचारले शान्ति कहाँ आउँछ ।

✍️सम्झना गिरी

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया