गुल्मी । गुल्मीमा पालिकास्तरीय प्रथम भलिबल कप २०८० हुने भएको छ। सदरमुकाम तम्घासमा कार्तिक १५ गतेदेखि १८ गतेसम्म पुरुष र महिलाको भलिबल कप हुन लागेको आयोजकले शनिवार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नारासहित प्रथम पालिका स्तरीय भलिबल कप आयोजना गर्न लागिएको महासचिव नारायण आचार्यले जानकारी दिए।स्थानीय स्ततबाट राष्ट्रिय खेलाडी उत्पादन उत्पादन गर्नु आफुहरुको प्रमुख उदेश्य रहेको महासचिव आचार्यले बताए।
चार दिनसम्म सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा हुने भलिबल कपमा पुरुष तर्फको प्रथम पुरस्कार ७७ हजार ७ सय ७७ दृतिय पुरस्कार ५५ हजार ५ सय ५५ तृतीय पुरस्कार ३३ हजार ३ सय ३३ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ सहित कप मेडल र प्रमाणपत्र रहेको महासचिव आचार्यले जानकारी गराए।
यस्तै महिला तर्फ प्रथम पुरस्कार ३५ हजार दृतिय पुरस्कार २५ हजार तृतीय पुरस्कार १५ हजार र सान्त्वना पुरस्कार १० हजार सहित शिल मेडल प्रमाणपत्र रहेको महासचिव आचार्यले जानकारी दिए।
कपको मुख्य प्रयायोजक गुल्मीकै पहिलो अन्तर्राष्ट्रिय भलिबल खेलाडी रेसुङ्गा नगरपालिका दुई निवासी प्रेम कुँवर रहेको आयोजकले जनाएको छ। कुँवर जिल्ला,अन्चल र देशको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा पुग्दै दुई पटकसम्म साउथ एसियन कप खेलेको आयोजकले जानकारी दिएको।
जिल्लाका स्थानीय तह बिचको आत्मीयता बढाउन, रेसुङ्गा, अर्जुन, उनाएचौर जस्ता धार्मिक एवं पर्यटकीय स्थलको प्रचारमा टेवा पुर्याउन साथै व्यपार व्यवसायीको प्रबर्द्धन गर्नु पनि कपको उदेश्य रहेको आयोजकले बताएको छ।
कपमा २८८ जना प्रत्येक्ष खेलाडी रहेने जिल्ला भलिबल संघ गुल्मीका अध्यक्ष राजन कुँवरले जानकारी दिए। प्रत्येक पालिकाबाट महिला पुरुष गरि दुई टिम सहभागी हुने अध्यक्ष कुँवरले जानकारी दिए। राष्ट्रिय खेलाडी खेल्न नपाउने समेत अध्यक्ष कुँवरले बताए।