प्रधानमन्त्रीलाई जिल्ला प्रशासन मार्फत नेविसंघ गुल्मीको ध्यानाकर्षण



अनिष पन्थी


गुल्मी । नेपाल विद्यार्थी संघ गुल्मीले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको ध्यानाकर्षण गर्न जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत ज्ञापन पत्र बुझाएको छ् । मंगलबार नेपाल बिद्यार्थी संघ गुल्मीका जिल्ला प्रतिनिधि अर्जुन पोख्रेल र जिल्ला सह-सचीव रोशन सिंह ठकुरी सहित नेपाल बिद्यार्थी संघ गुल्मीका पदाधिकारी हरुको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे मार्फत ज्ञापन पत्र बुझाएका हुन्।

सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानुनी कारबाही गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । सहकारी ठगीमा संलग्न सहकारी संस्था, सदस्य र सम्बन्धित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानविन समिति गठन गर्न यस्तै विद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एंव संशोधन सहित विद्यालय शिक्षा विधेयक २०८० तत्काल लागू गर्न समेत माग गरेका छन् ।

Jeewan and Rajan Tailors

The Star Family Restaurant

उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गरी देशको शैक्षिक तथा प्राशिक क्षेत्रलाई अझ बढी गुणस्तरीय, मर्यादित र उपलब्धिमूलक बनाउन र विश्वविद्यालय तथा उच्च शिक्षण संस्थाको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन सम्बन्धी कार्यलाई सहजीकरण र व्यवस्थित गर्नको लागि विश्वविद्यालय छाता ऐन सम्बन्धी विधेयक तत्काल प्रतिनिधि सभामा प्रस्तुत गर्न माग गरेका छन् ।
यस्तै जिल्लामा संचालित यात्रु बोक्ने र सरकारी सवारी साधन पुरानो भएको र तिनको पनि तत्काल परिवर्तन गर्न र अनुगमन बढाउन आग्रह गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी गैरेले यियस्ता माग सहितको ज्ञापन पत्रको सुनुवाइ हुने जानकारी गराए ।

यस्तो छ ज्ञापन पत्र

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया