गुल्मी । विद्युत नियमित गर्न होटल व्यवसायी मन्च गुल्मीले नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण शाखा समक्ष माग गरेका छन् । गुल्मी वितरण केन्द्र अन्तर्गतको विद्युत नियमित प्रशारणमा भएको पटक-पटकको अवरोधले होटल व्यवसायी मन्चले संस्थाको गंभीर ध्यानाकर्षण गराएको हो ।
विद्युतको नियमित प्रशारण सेवा र उपभोग गर्न पाउनु आम नागरिकको नैसर्गिक अधिकार भएको र एक्काइसौं सताब्दिमा विद्युतकै समय भएको कुरा उल्लेख गर्दै नियमित गर्न ध्यानाकर्षण गराएको छ।
विद्युतके निर्भरतामा थुप्रै पेशा व्यवसायहरुको भविष्य जोडिएको बताउदै करोडौंका लगानी समेत जोखिममा परेका बताएका छन । स्वास्थ्य र शिक्षा जस्ता गम्भिर क्षेत्रहरूमा नराम्रो असर पारेको समेत ध्यानाकर्षण गराएका छन् । गुल्मी जिल्लाको विद्युत प्रशारणमा भैरहेको पटक-पटकको अवरोध तत्काल समाधान गर्न हार्दिक अनुरोध गर्दै ध्यानाकर्षण गराएको छ ।