गुल्मीमा बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुको लागि शैक्षिक सामाग्री वितरण



अनिष पन्थी


गुल्मी । गुल्मीमा बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुको लागि शैक्षिक सामाग्री वितरण गरिएको छ । हिमालयन लघुवित्त वित्तीय संस्थाले आफ्नो १२ औं बार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री सहित एउटा स्मार्ट टिभी हस्तान्तरण गरेको हो ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उपल्लो तम्घास माध्यमिक बिद्यालय रेसुङ्गा नगरपालिका -९ उपल्लो तम्घासमा अध्ययनरत २५ जना अपाङ्ग बिद्यार्थीलाइ शैक्षिक समाग्री सहित एउटा स्मार्ट टिभी हस्तान्तरण गरेको थियो । हस्तान्तरण कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नम्बर -९ का वडाध्यक्ष कृष्ण प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले जिल्लाभर बाट अपाङ्ग बिद्यार्थीले अध्ययन गर्ने यस बिद्यालयमा पुण्यको कर्म गरेकोमा धन्यवाद दिदै सस्थाको थप प्रगतिको कामना गरे। सबैको एकरुपता बाटै दिगो बिकास हुने बताउँदै सामाजिक उत्तरदायी बाटै देश बिकास हुने बताए ।                                                                                अपांगलाई राज्यले समेत दायित्वमा ल्याउन नसकेको खण्डमा यो सस्थाले सामाजिक काम गरेकोमा धन्यवाद दिए । लघुबित्त प्रतिको धारण नकारात्मक बन्दौ गएको मा यस्लाइ सामाना गर्दै यस्ता सस्थालाइ बचाउन र सहकार्य गर्ने प्रतिबद्धता समेत गरे । हस्तान्तरण कार्यक्रम पछि बिद्यालयका प्रधानाध्यापक मधु प्रसाद गौतमले सस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको सहयोग प्रति धन्यवाद दिए ।लघुबित्त कर्मचारी मन्चका अध्यक्ष खिमराज जोसिले पछिल्लो क्रम लघुबित्त प्रतिको नकारात्मक धारणलाई चिर्न सबै मिलेर अगाडि बढेमा समस्य समाधान हुने बताएका छन् । कर्जाको दुरुपयोग बाट लघुबित्त प्रती मानिसको नकारात्मक धारणा भएको बताए। आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता शाखा प्रमुख तेजु खत्रीले बताए । बिगतमा पनि बित्तिय साक्षरता कार्यक्रम गर्दै गएको समेत खत्रीले बताए ।
कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण प्रसाद पाण्डेको प्रमुख आतिथ्यता, बिधालय व्यवस्थापन समितिका अध्यक्ष गणेश श्रीपालीको बिशेष आतिथ्यता, लघु बित्त कर्मचारी मन्च गुल्मीका अध्यक्ष खिमराज जोसि, प्रधानाध्यापक मधु प्रसाद गौतम, शिक्षक प्रतिनिधि  जया खनाल, सीता केसी, पारिश्वर मरासिनी लगायतको उपस्थिति रहेको थियो । शाखा प्रबन्धक तेजु खत्रीको अध्यक्षता, संस्थाको कर्मचारी सम्झना श्रेष्ठको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन संस्थाकी कर्मचारी प्रतिमा कुँवरको रहेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया