गुल्मीमा बिद्यार्थीको लागि नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम



अनिष पन्थी


गुल्मी । गुल्मीमा बिद्यार्थीको लागि नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ् । स्वतन्त्र विद्यार्थी युनियन रेसुङ्गा बहुमुखी क्याम्पसको आयोजना र सुसम मिडिया प्रा.ली (लाइभ गुल्मी) को सहजीकरणमा रेसुङ्गा बहुमुखी क्याम्पसमा नेतृत्व बिकास सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

जसमा मुख्य प्रशिक्षक नेपाल पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जनार्दन घिमिरे र प्रशिक्षक रोसन सिह ठकुरीको रहेको थियो । क्याम्पसमा विद्यार्थीहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम राखिएको स्वतन्त्र विद्यार्थी युनियनका कार्यवाहक अध्यक्ष सुदिप खत्रीले जानकारी दिए ।

Jeewan and Rajan Tailors

कार्यक्रममा क्याम्पस प्रमुख हरिबहादुर खत्रीले विद्यार्थीको हक हितको लागि नयाँ र रचनात्मक काम गरेकोमा आयोजक स्वतन्त्र विद्यार्थी युनियन र सहजीकरण गर्ने सुसम मिडिया प्राली(लाइभ गुल्मी) लाई धन्यवाद प्रकट गरे। आगामी दिनमा पनि यी यस्ता कार्यक्रम गर्न समेत सुझाव दिएका छन् ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया