गुल्मीमा उमेर नपुग्दै आमा बन्नेको सङख्यामा वृद्धि



अनिष पन्थी


गुल्मी । गुल्मीमा उमेर नपुग्दै आमा बन्नेको सङख्यामा वृद्धि हुँदै गएको छ। गरिबी ,अशिक्षा र जनचेतनाको कमिका कारण कलिलै उमेरमा बिबाह गर्ने र सानै उमेरमा आमा बन्नेको संख्या बढेको हो।

गुल्मीमा आर्थीक वर्ष २०७९।८० मा २० वर्ष नपुग्दै तीन सय ५१ जना किशोरी आमा बनेका छन् । जिल्लाका १२ वटा स्थानीय तह मध्ये सबै भन्दा धेरै रेसुङ्गा नगरपालिका र मुसिकोट नगरपालिकामा २० बर्ष नपुग्दै आमा बन्नेको सङख्या वृद्धि भएको हो।

रेसुङ्गा नगरपालिकामा ५२ र मुसिकोट नगरपालिकामा पनि ५२ जना किशोरीहरु आमा बनेका छन् । त्यस्तै मदाने गाउँपालिकामा ४०, मालिका गाउँपालिकामा २१,इस्मा गाउँपालिकामा ३३,धुर्कोट गाउँपालिकामा ३५ ,गुल्मीदरबार गाउँपालिकामा १९ जना किशोरीहरु आमा बनेका छन।

यस्तै छत्रकोटमा ६,रुरुक्षेत्रमा १२,सत्यवतीमा ३८,चन्द्रकोटमा २६ र कालिगण्डकी गाउँपालिकामा १७ जना किशोरी आमा बनेको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।सानै उमेरमा सुत्केरी हुदाँ आमा र बच्चा दुबैको ज्यान जोखिममा पर्नुका साथै रक्तस्राव हुने,बच्चा अशक्त हुने ,पाठेघरमा क्यानसर हुनुका साथै विविध समस्या आउने गर्दछन् ।

( Jeevan rajan

२० वर्ष उमेर नपुगी गर्ने बिबाहले स्वास्थ्यमा मात्रै होईन कानुनी समस्या समेत पार्ने गर्दछ । कम उमेरमा बिवाह गरे विबाहनै बदर हुने देखि तीन वर्ष कैद देखि र तीस हजारको जरिबानको व्यवस्था भएपनि बालबिबाह रोकिन सकेको छैन् । विद्यालय तहमै स्वास्थ्य जनचेतना मुलक कार्यक्रम गर्ने आफुहरुको योजना रहेको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख पशुपति आर्चायले बताए।

घरपरिवार तथा स्थानीय तहले बालबिबाह रोक्न पहल गर्नु पर्ने महिला अधिकारकर्मी तथा अधिवक्ता हिरा कुंवरले बताइन ।
बालबिवाहले घरपरिवार समाज मात्रै नभई सम्रग देशको भविष्य माथिनै नकारत्मक प्रभाव समेत पार्दछ । यस तर्फ देशका तिनै तहका सरकारले समयमै सोच्न आवश्यक रहेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया