गुल्मीमा दुई वर्षको अवधिमा १५२ जनाले गरे आत्महत्या



सन्तोष महतारा


गुल्मी । गुल्मीमा दुई वर्षको अवधिमा एक सय ५२ जनाले आत्महत्या गरेका छन् । साउन २०७८ देखि असार २०८० सम्मको अवधिमा एक सय ५२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए ।

उनका अनुसार, यस अवधिमा सबैभन्दा धेरै जिल्लाको इस्मा गाउँपालिकाका २० जनाले आत्महत्या गरेका छन् । त्यस्तै रेसुङ्गा र मुसिकोट नगरपालिकाका १९/१९ जना, छत्रकोट गाउँपालिकाका १५ जना, चन्द्रकोट गाउँपालिकाका १४ जना, गुल्मीदरबार र मदाने गाउँपालिकाका १२/१२ जनाले आत्महत्या गरेका छन् ।

Jeewan and Rajan Tailors

मालिका गाउँपालिकाका ११ जना, सत्यवती र धुर्कोट गाउँपालिकाका ९/९ जना, रुरुक्षेत्र गाउँपालिकाका ८ जना र कालीगण्डकी गाउँपालिकाका ४ जनाले आत्महत्या गरेका हुन् । सबैभन्दा कम आत्महत्या कालीगण्डकी गाउँपालिकामा रहेको छ ।

The Star Family Restaurant

हालसम्म आत्महत्या रोकथाम दिवसको दिन बाहेक अन्य समयमा गुल्मीका कुनै पनि पालिकाले आत्महत्या रोकथाम गर्नको लागि केही कार्यक्रम अगाडि बढाएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले गुल्मीमा आत्महत्या न्यूनीकरण कार्ययोजना २०८०/०८१ पारित भएको बताए । उनले अब यसको कार्यान्वयनपछि आत्महत्या न्यूनीकरण हुने अपेक्षा रहेको बताएका छन् । यसको कार्यान्वयनमा सबैको सहयोग अपरिहार्य रहेकोले सबैलाई सहयोग गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीले अनुरोध गरेको छ ।

,

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया