गुल्मीका दुवै निर्वाचन क्षेत्रमा स्वतन्त्र पार्टीको समिति गठन



सन्तोष महतारा


गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीले गुल्मीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र समिति गठन गरेको छ । जिल्लाका संघीय निर्वाचन क्षेत्र नम्बर १ र २ दुवैमा सभापति, उपसभापति, सचिव र दुई सदस्यसहितको निर्वाचन क्षेत्र समिति गठन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा सर्वसम्मत बिष्णुप्रसाद कँडेल निर्वाचित भएका छन् । जसको उपसभापतिमा बबिता गौचन, सचिवमा देबराज पाण्डेय, सदस्यमा शान्ता मरासिनी र लक्ष्मण अर्याल सर्वसम्मत निर्वाचित भएका हुन् ।

Jeewan and Rajan Tailors

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा बाबुराम पन्थी सर्वसम्मत निर्वाचित भएका छन् । जसको उपसभापतिमा मनबहादुर जिसी महेश, सचिवमा माया जिसी, सदस्यमा चेतनारायण भण्डारी र बसन्ता खनाल सर्वसम्मत निर्वाचित भएका हुन् ।

The Star Family Restaurant

सभापति, उपसभापति, सचिव र सदस्यमा निर्वाचित भएकाहरु यसअघि निर्वाचन क्षेत्र समितिको सदस्यमा निर्वाचित भएका थिए । उनीहरु पार्टीको अनलाइन प्रणालीबाट गरिएको आन्तारिक प्रतिस्पर्धाबाट सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि निर्वाचन क्षेत्र समितिको पदाधिकारीमा सहितको समिति गठन गरिएको हो ।

पार्टीले गुल्मी जिल्लाका संयोजक, सह–संयोजक र पालिकाका सभापति लगायतको उपस्थितिमा जिल्ला पार्टी कार्यालय गुल्मीमा दुवै निर्वाचन क्षेत्रमा समिति सर्वसम्मत गठन गरेको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया