गुल्मी । गुल्मीमा ग्रामीणक्षेत्रमा मोटरसाइकल मेकानिक तालिम दिन सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा मालिका गाउँपालिकाको वडा नम्बर २ दर्लिङमा मालिकाका वडानम्बर १,२ र ३ का २५ जना बेरोजगार युवाहरुलाई तालिम दिन थालिएको हो । तालिमको मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले शुभारम्भ गरेका हुन् । बेरोजगार युवालाई सीप सिकाएर स्वरोजगार बनाउने उदेश्यले तीन महिने तालिम दिन थालिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले बताए । ३९० घण्टे मेकानिक तालिमका सहभागीहरूलाई सिटीइभिटीई लेवल १ को सीप परीक्षण गराउने तथा प्रविधि हस्तान्तरण समेत को व्यवस्था रहेको अर्यालले बताए । पछिल्लो समय ग्रामीणभेगका मोटरसाइकल मेकानिक अभावमा शहरबजारमै मर्मत गर्न लैजानुपर्ने अवस्था रहेको छ । तालिमले ग्रामीण भेगमै तालिम लिएर आफ्नै गाउँठाउमा स्वरोजगार बनाउन मद्दत गर्ने उदेश्य घरेलु तथा साना उद्योग कार्यालयले लिएको छ ।
तपाईंको प्रतिक्रिया
-
पत्रकार खत्री अनलाइखबर र नेपाल टेलिभिजनका गुल्मी संवाददाता हुन् ।लेखक द्वारा अन्य