गुल्मी । आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ पौदीअमराईमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मुसिकोट नगरपालिकाको वडानम्बर–१ को वडाअध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको छ ।
त्यसका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । वडामा निर्वाचन कार्यसम्पन्न गर्नका लागि जिल्ला न्यायधीश युवराज गौतमलाई मुख्य निर्वाचन अधिकृतको रुपमा खटाएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन लक्षित कार्यहरु अगाडी बढेका छन् । त्यस वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको छ ।
उपनिर्वाचनको मिति नजिकिन थालेसँगै दलहरुले चुनाव लक्षित कार्यक्रमहरु गर्न थालेका छन् । दलहरुले वडामा उम्मेदबार छान्ने र चुनाव लक्षित कार्यक्रमहरु पनि गर्न थालेका छन् ।
वडाअध्यक्ष पदमा हुन लागेको निर्वाचनको लागि नेपाली कांग्रेस र नेकपा एमालेले, माओवादी केन्द्र र राष्ट्रिय स्वातन्त्र पार्टीले उम्मेदबार छनोट गरेर चनावी गतिबिधी बढाएका छन् । निर्वाचन कार्य तालिका अनुसार मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । वडामा ४ हजार ५१ जना मतदाता रहेका छन् ।