गुल्मीका अग्नी पीडित सरकारले राहत रकम नदिँदा समस्यामा



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लामा आगोलागीबाट घर बिहिन भएका नागरिकको लागि आवास निर्माण भएको छ । आवास निर्माण भएपनि सरकारबाट पाउनुपर्ने रकम निकासा नहुँदा अग्नी पीडित थप समस्यामा छन् ।
गुल्मी जिल्ला भरमध्ये इस्मा गाउँपालिकामा आगोलागीबाट धेरै क्षती भएको थियो । त्यसमध्य पनि इस्मा गाउँपालिकाको वडानम्बर–२ सिदुङखामा गत वैशाख ८ गते सामुदायिक वनबाट लागेको आगो बस्तीमा पुग्दा धेरै क्षति भएको थियो ।

आगोलागिबाट घरवास गुमाएका नागरिकको लागि आवास निर्माणको काम सकिएको छ । तर घर बनाएको ऋण तिर्न नसक्दा अग्नी पीडितलाई थप समस्या निम्त्याएको इस्मा २ सिदुङ्खका अग्नी पीडित मिना रायमाझीले बताइन । उनले ठेक्कमा दिएर घर बनाइकी हुन् । तर घर बनाएपनि ठेक्दारलाई कामदारले पैसा मागेर अत्याउने गरेको दुखेसो उनले सुनाइन ।
सरकारले तोके अनुसार घर निर्माण गरेको र विभिन्न चरणमा किस्ता रकम पाइन्छ भन्ने सुनेपनि अहिलेसम्म पनि घर निर्माणको पैसा तिर्न नसक्दा धेरै समस्या हुने गरेको अग्नी पीडितको बसुन्धारा कुँवरले बताइन । आगोलागीबाट घरमा भएको र गोठमा भएको सबै गुमाएर पीडित अवस्थामा पुगेकाले सरकारले समयमै घर बनाएको रकम दिएर पीडा बिर्साइदिन आग्रह गरिन ।
आगोलागिबाट उनको घर गोठ र पसल समेत गलेर नष्ट भएको थियो । यी अग्नी पीडितका प्रतिनिधी मुलक समस्या हुन् । इस्मा मात्रै आगोलागीबाट ४९ घर गोठ जलेर नष्ट भएका थिए ।
सबै अग्नी पीडितले घर गोठ निर्माण गरेका छन् । तर सबैलाई एउटै समस्या घर निर्माणको लागि पाउनु पर्ने पैसा नभएको छ ।
आगलागीबाट सिदुङखामा २६ वटा घरगोठ जलेर नष्ट भएका थिए । दर्जनौ पशुचौपाय पनि जलेर नष्ट भएका थिए ।

Jeewan and Rajan Tailors

आगोलागी पीडित परिवारले आवास निर्माणका लागि ५ लाख पाउने व्यवस्था रहेको थियो । त्यसमध्ये इस्मा पालिकाले १ लाख अन्य ४ लाख प्रदेश र संघ सरकारले उपलब्ध निर्णय भएको थियो । इस्मा गाउँपालिकाले १ लाख रुपैयाँ दिएपनि अरु ४ लाख रुपैयाँ अग्नी पीडितले नपाएको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । आगोलागिबाट जिल्लाभर मध्ये धेरै क्षती इस्मा गाउँपालिकामा भएको उनले बताए ।
पालिकाले तत्काल गर्न सक्ने सबै कामहरु गरे पनि मुख्य समस्या घर निर्माणको भुक्तानी मै रहेको अध्यक्ष खड्काले बताए । पालिकामा अहिले घर बिहिन भएका नागरिकको घर निर्माण गरेका छन् ।
इस्माको सिदुङख्कामा स्थानीय समिति बनाएर पनि रकम संकलन गरिएको थियो । समितिले १६ लाख बढी रकम संकलन गरेर क्षतीको अवस्था मूल्याङकन गरेर पीडित परिवारलाई हस्तातरण गरिएको स्थानीय राहत संकलन समिति अध्यक्ष रमेश थापाले बताए ।

The Star Family Restaurant

अग्नी पीडितले ऋण खोजेर घर बंगाला निर्माण गरेपनि सरकारले दिनुपर्ने रकम नआउदा समस्या भएको थापाले बताए । जिल्ला भर रहेका अग्नी पीडितहरुले आवास निर्माण गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट लाभग्रही कायम गरेर रकम निकासाका लागि माग गरिएको छ ।
तर हालसम्म रकम निकास नभएकाले समयमै भुक्तानी गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । जिल्लामा गतएको वैशाख महिना सहित सुख्खा सिजनमा आगोलागीका कारणले १६९ घर गोठ जलेर नष्ट भएका थिए ।
१०० बढी पशुचौपाय जलेर नष्ट थिए । आगोलागीका कारण जिल्लामा सबैभन्दा बढी क्षति इस्मा गाउँपालिकामा भएको छ ।
जिल्लाका १२ वटा स्थानीय तहहरु मध्ये मदाने, मुसिकोट, धुर्कोट र रुरुक्षेत्रमा बढी क्षति भएको छ । जिल्लामा विभिन्न सामुदायिक वनबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौंको क्षति भएको छ ।
जिल्लाका ८० वटा सामुदायिक वनमा आगोलागी भएको छ । सयौं नागरिक घरबार बिहिन भएका छन् । जिल्ला भर २ हजार बढी हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको थियो ।

सामुदायिक वनमा आगो लगाउने व्यक्ति पहिचाहन गर्न निकै कठीन पर्ने गरेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । स्थानीय नागरिकले सहयोग नगर्दा आगो लगाउने व्यक्तिहरु पहिचाहन गर्न समस्या हुने गरेको हो ।
डिभिजन वन कार्यालय गुल्मीले आगो लागाउने व्यक्ति गोप्य सूचना दिएका पुरस्कार दिने व्यवस्था समेत गरेको छ । गुल्मी जिल्लामा पछिल्लो २० वर्षको अवधीमा ०७३ साल पछि आगोलागीको ठूलो घटना गत बैशाख महिनामा घटेको थियो ।
०७३ सालमा मुसिकोट नगरपालिकाको वडानम्बर–४ दगाकोटमा स्थानीय सामुदायिक वनबाट बस्तीमा आगो पुग्दा ५८ वटा घर जलेका थिए ।
सयौं पशुचौपाय र सयौं गोठ जलेर नष्ट भएका थिए । जिल्लामा १२ वटा स्थानीय तहहरु मध्ये रेसुङ्गा नगरपालिकामा मात्रै दमकल रहेको छ ।
अब गर्मी र सुख्खा सिजन सुरु हुन थालेको छ । तर स्थानीय तहमै दमकल नहुदा जिल्ला सदरमुकामको एउटा दमकल सबै ठाउँमा पुर््याउदा धेरै क्षती हुने गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया