सहरमा डिग्री, गाउँमा कृषि : घिमिरे भन्छन्, ‘कामदार र सहुलियत कर्जा भए अनुदान चाहिँदैन्’



टाेपलाल अर्याल


गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५ का ४३ बषीय रबिन्द्र घिमिरे शहरमा डिग्री गरे गाउँमा फर्किएर कृषि गरिरहेका छन् । उनी जिल्लाका व्यावसायीक पशुपालक कृषक हुन् ।

उनले तीन बर्षदेखि उन्नत जातका गाईभैसी पालन गरिरहेका छन् । पछिल्लो समय फर्ममै गाउँको दुध संकलन गरेर बिक्री पनि गर्छन् । उनले आगामी असोजसम्म व्यावसायको लगानी एक करोड २० लाख पुराउने योजनामा बनाएका छन् । अहिले आफ्नै फर्मको डेढ सय र बाहिरको गरेर दैनिक चार सय लिटर दुध बिक्री गरिरहेको घिमिरेले बताए । ०५२ सालमा हिमालय माविबाट एसएलसी सकेर काठमाण्डौ हानिएका घिमिरे २५ बर्षपछि गाउँ फर्किर ०७८ सालबाट पशुपालन व्यावसायमा लागेका हुन् । उनले ०६५ सालमा मास्टर डिग्री सकेर विभिन्न क्षेत्रमा संलग्न भए । तर, उर्जालाई गाउँकै माटोमा खर्चने सपना बोकेर घर फर्किएका घिमिरे पशुपालन व्यावसायमा उदाहरणीय पात्र हुन् ।

Jeewan and Rajan Tailors

उनले दैनिक चार जनालाई पूर्णकालिन रोजगारी दिएका छन् । घिमिरेले सरकारले सहुलियतपूर्ण कर्जा दिने र प्रसस्त कामदार पाइने अवस्था रहे व्यावसायबाट पलायन हुने स्थिती नहुने बताए । ‘कृषि पेसामा सवैभन्दा ठूलो चुनौति कामदारको हो । मैले सरदर २० हजार दिएर चार जना राखेको छु,’उनले पेसा कामदारकै अभावमा जोखिममा छ ।’ अहिले कृषि पेसा गर्नेहरु टिक्न सकिरहेका छैनन् । उनलाई पनि राजधानीबाट फर्केर गाउँमा उद्यम गर्ने कुरा कसैले पत्याएनन् । परिवारको बुबाआमालाई समेत गत बर्षसम्म मेरो विश्वास नभएको घिमिरेले बताए ।

The Star Family Restaurant

मिल्क एनालाइजर प्रदान गर्दै जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण बहादुर खत्रीले नयाँ योजनाको खोज भन्दा पनि काम गरिरहेका व्यावसायीक किसान पेसामा टिकाएर राख्ने कुरा सवैभन्दा बढि चुनौतिपूर्ण रहेको बताए । स–साना अनुदानभन्दा दिर्घकालिन कार्यक्रमबाट ठुला किसानलाई पेसामा अड्याउने र साना किसानहरुलाई उत्साहित बनाउन तीनै सरकार लाग्नुपर्नेमा खत्रीले जोड दिए । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले अब अनुदानभन्दा लगानीमा सहयोग पुग्ने खालका पुरस्कारहरुको व्यावस्था पालिकाले गर्न थालेको बताए । प्राप्त गरेको पुरस्कारको व्यावसायमा लगानी सुनिश्चत हुने गरेर ठुला, मझौला र साना कृषकहरुलाई पुरस्कृत गरिने पोख्रेलले बताए ।

मिल्क ऐनालाइजर प्रदान

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले पशुपन्छी तथा मत्स्य प्रविधी प्रर्दशन अन्तरगत मिल्क ऐनालाईजर हस्तान्तरण गरिएको छ । धुर्कोट गाउँपालिका–५ वस्तुका कृषक रविन्द्र घिमिरेलाई मेसिन प्रदान गरेको हो ।

उनले तीन बर्षदेखि व्यावसायीक रुपमा उन्नत जातका गाईभैसी पालन र पछिल्लो समय दुग्ध संकलन व्यावसाय गरिरहेका छन् । उनकोमा अहिले दैनिक…..दुध संकलन हुने गरेको छ । बायोकेमिकल मिल्क ऐनालाईजरले उपभोक्ता, संकलक र उत्पादकलाई फाइदा हुने केन्द्रले जनाएको छ ।

यो मेसिनबाट दुधको शुद्धता मापन गारिन्छ । दुधमा पानीको मात्रा मापन गर्न सकिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको पशु चिकित्सक डाक्टर नविना ढकालले जानकारी दिइन् । दुधको गुणस्तर अनुसार कृषकलाई दुधको मुल्य निर्धारण गर्न सजिलो हुने पानी र स्टार्च जस्ता तत्वको मिसावट हुने हुदा दुधको गुणस्तर सुनिश्चित गर्नका मेसिन उपयोगी हुने ढकालले बताइन् ।

उत्पादनको २० प्रतिशत दुध मात्रै बजारमा
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेयका अनुसार जिल्लामा वर्षमा २२ हजार २ सय ५८ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । जिल्लामा सुख्खा मौषममा केही मात्रामा दूधको आवश्यक परे पनि अन्यन्त्रबाट दूध ल्याएर बेच्नु पर्ने अवस्था नरहेको पाण्डेयले बताए ।

पाण्डेयले जिल्लामा उत्पादित दूधको २० प्रतिशत मात्र बिक्री हुने गरेको बताए । ‘जिल्लामा उत्पादित ८० प्रतिशत दुध बजार पुग्दैन् । धेरैले घरमै खाएर दुध सक्छन्,’उनले भने,‘नागरिकमा व्यावसायीक सोच अभिबृद्धि हुनुपर्छ ।’ मिल्क एनालाइजर गुल्मी जिल्लामा हालसम्म पाँच स्थानमा वितरण भएको छ ।

यसअघि सत्यवती गाउँपालिका–६ को श्रीकृष्ण डेरी पकेट समूह, सत्यवती गाउँपालिका –५ को सत्यवति दुग्ध उत्पादक सहकारी, रुरु क्षेत्र गाउँपालिकाको बम्घा दूग्ध उत्पादक सहकारी, र बस्नेत डेरीमा मिल्क एनालाइजर वितरण गरिएको पाण्डेयले जानकारी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया