टोम–बोमको आदर्श सवैले सिक्नुपर्छ : बिष्ट



टाेपलाल अर्याल


गुल्मी । नेकपा एमाले धुर्कोट गाउँकमिटीको आयोजनामा बोम बहादुर–टोमलाल स्मृति प्रतिष्ठानको भवन उद्घाटन गरिएको छ । भवन उद्घाटनपछि बोल्दै नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले साद्गी नेता टोमलाल पाण्डे र कुशल संगठक बोम खड्काको चर्चा गर्नुभयो ।

उहाँले आफुलाई जनप्रतिनिधीको रुपमा आजको दिनमा ल्गाउन पाण्डे र खड्काले खेलेको भूमिकाको प्रसंसा गर्नुभयो । तत्कालिन समयम आफुले पाउने पद पनि अरुलाई प्रदान गरेर संगठन बनाउन लाग्ने स्वर्गीय पाण्डे र खड्का दुईजनाबाट पार्टी पंतmीले धेरै सिक्नुपर्नेमा बिष्टले जोड दिनुभयो । धुर्कोट गाउँपालिकाको ३९ लाख रुपियाँको आर्थिक सहयोगमा भवन निर्माण गरिएको नेकपा एमाले धुर्कोट गाउँकमिटी अध्यक्ष लोक बहादुर केसीले जानकारी दिनुभयो । कार्यक्रममा जग्गादाता हिमप्रसाद पन्थी, निर्मला बन्जाडे, फर्निचर सहयोग गर्ने खिमानन्द भण्डारी, धुर्कोट–काठमाण्डौ सम्पर्क मञ्च, भवन निर्माण समिति, पार्टी सदस्यता लिएर नविकरण गर्दै आएका ७० जना जेष्ठ नागरिक, बोम बहादुर खड्का र टोमलाल पाण्डेयको परिवार र धुर्कोट गाउँपालिकालाई सम्मान गरिएको छ ।

को हुन टोम र बोम

धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा २०२३ असार ३ गते जन्मिनु भएका स्वर्गीय बोम बहादुर खड्काको ०७७ साल मंसिर १ गते मृत्यु भएको थियो । सानै उमेरबाट राजनीतिमा सक्रिया खड्का २०४३ सालको सातौ जिल्ला अधिवेशनबाट अनेरास्वाबियू जिल्ला अध्यक्षसहित पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । त्यस्तै २०४६ सालमा जिल्ला कमिटी सदस्य, २०५३ सालमा जिल्ला सचिवहुँदै २०६६ सालमा जिल्ला अध्यक्ष हुनुभएको थियो ।

( Jeevan rajan

धुर्कोट गाउँपालिका–५ वस्तुमा २०१० साल असार १० जन्मिनु भएका टोमलाल पाण्डेको मृत्यु २०७१ साल जेठ ९ गते मृत्यु भएको थियो । बिस २०२६ साल माघ १ गते नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गर्नुभएको पाण्डे २०३१ देखि २०३३ सालसम्म अनेरास्वावियूको केन्द्रिय सदस्य हुनुहुन्थ्यो ।

२०३४ साल पुष्पलाल सम्बद्ध गुल्मी–अर्घाखाँची संयुक्त सम्पर्क समितिमा सचिव, २०४३ सालको मनमोहन–साहाना प्रदानबिच एकता भएपछि बनेको जिल्ला कमिटीको सदस्य, २०४७ सालमा माले र माक्सवादीबिच एकता भएपछि जिल्ला कमिटी सदस्य र नेकपा एमालेको २०४८ सालदेखि २०६६ सम्म लगातार जिल्ला कमिटी सदस्यमा सक्रिय पाण्डे २०४९ देखि २०५४ सम्म तत्कालिन वस्तु गाविसको अध्यक्ष हुनु भएको थियो । उहाँ प्रजातान्त्रिक युवा संघको केन्द्रिय उपाध्यक्षसहित २०६९ सालमा जिल्ला अध्यक्ष हुनुभएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया