गुल्मी । नेकपा एमाले गुल्मी काठमाडौं क्षेत्रीय सम्पर्क मञ्च क्षेत्र २, प्रदेश २ (क र ख) तथा पालिका मञ्चहरुको नयाँ नेतृत्व चयन भएका छन् । सम्मेलनबाट नेकपा एमाले गुल्मी काठमाडौं क्षेत्रीय सम्पर्क मञ्च क्षेत्र २ कमिटीको अध्यक्षमा रुद्र प्रसाद खनाल, उपाध्यक्षमा कमरेड डासु गिरी र मन्जु पौडेल भुसाल निर्वाचित भएका छन् ।
त्यस्तै सचीवमा सूर्य खाती, उप(सचिवमा प्रकाश पौडेल र कमरेड सरिता लम्साल निर्वाचित भएको नेकपा एमाले जिल्ला कमिटी गुल्मीका सदस्य बिमल घिमिरेले जानकारी दिए । त्यस्तै कोषाध्यक्षमा शेषकान्त जिसी लगायत १९ सदस्यीय कमिटी गठन भएको छ । यता गुल्मी काठमाडौं क्षेत्रीय सम्पर्क मञ्च क्षेत्र २ प्रदेश क मा सन्तोष गिरी र प्रदेश ख मा रमेश खड्काको अध्यक्षतामा नयाँ नेतृत्व चउन भएको छ । भेलाले पालिका स्तरका मञ्चको कमिटी समेत गठन गरेको छ ।
मदाने गाउँपालिका सम्पर्क मञ्चमा सन्तोष पन्थी, मालिका गाउँपालिका सम्पर्क मञ्चमा चुडा जिसी, ईस्मा गाउँपालिका सम्पर्क मञ्चमा बुद्ध थापा, मुसिकोट नगरपालिका सम्पर्क मञ्चमा बेद प्रसाद लोहनी र धुर्कोट गाउँपालिका सम्पर्क मञ्चमा कर्णलाल पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध निर्वाचित भएको नेकपा एमाले गुल्मीको जिल्ला कमिटी सदस्य घिमिरेले बताए । भेला डाक्टर नगेन्द्र अर्यालको अध्यक्षता, नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टको प्रमुख आतिथ्यता र बिमल घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।