मदन आश्रित स्मृति दिवस : धुर्कोटमा बन्यो बोम-टोम स्मृति प्रतिष्ठानको भवन



टाेपलाल अर्याल


गुल्मी । नेकपा एमाले धुर्कोट गाउँकमिटीको आयोजनामा बोम बहादुर–टोमलाल स्मृति प्रतिष्ठानको भवन उद्घाटन गरिएको छ । नेकपा एमालेका उप–महासचिव प्रदिव ज्ञवाली, सचिव गोकर्ण बिष्ट र केन्द्रिय सदस्य दिनेश पन्थीले संयुक्त रुपमा प्रतिष्ठानको भवन उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै नेकपा एमालेका उप–महासचिव प्रदिव ज्ञवालीले नेकपा एमालेले समृद्ध मुलुक निर्माणको संकल्प बोकेको बताउनुभएको छ । उहाँले विकास निर्माणको जग बसाउने सामाजिक अभियान्ता स्वर्गीय टोमलाल पाण्डे र बोम बहादुर खड्काको प्रसंसा गर्दै धेरै पैसा र ओहोदाभन्दा बाँचुञ्जेल गरिने कर्म जनता र देशको लागि महत्वपूर्ण हुने बताउनुभयो । ज्ञवालीले देश बन्दैन भनेर भ्रम छर्ने र व्यावस्थाको प्रतिकुलता चाहेका शक्तिहरुको बिचमा सडक, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतका थुप्रै क्षेत्रहरुमा सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“२०५० सालमा मदन र जिवराजसंगै एमाले त्रिशुलीमा खस्यो भन्नेहरु पनि थिए । हामी शोकलाई शक्तिमा बदलेर द्वन्द्ध, भुकम्प, नाकाबन्दी, बाढीपहिरोसहित विभिन्न शक्तिहरुलाई परास्त गरेर जनताको लागि काम गरिरहेका छौ ।”
कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले साद्गी नेता टोमलाल पाण्डे र कुशल संगठक बोम खड्काको चर्चा गर्नुभयो ।

उहाँले आफुलाई जनप्रतिनिधीको रुपमा आजको दिनमा उभिने बनाउने पाण्डे र खड्काले खेलेको भूमिकाको प्रसंसा गर्नुभयो । तत्कालिन समयम आफुले पाउने पद पनि अरुलाई प्रदान गरेर संगठन बनाउन लाग्ने स्वर्गीय पाण्डे र खड्का दुईजनाबाट पार्टी पंतmीले धेरै सिक्नुपर्नेमा बिष्टले जोड दिनुभयो ।

धुर्कोट गाउँपालिकाको ३९ लाख रुपियाँको आर्थिक सहयोगमा भवन निर्माण गरिएको नेकपा एमाले धुर्कोट गाउँकमिटी अध्यक्ष लोक बहादुर केसीले जानकारी दिनुभयो । कार्यक्रममा जग्गादाता हिमप्रसाद पन्थी, निर्मला बन्जाडे, फर्निचर सहयोग गर्ने खिमानन्द भण्डारी, धुर्कोट–काठमाण्डौ सम्पर्क मञ्च, भवन निर्माण समिति, पार्टी सदस्यता लिएर नविकरण गर्दै आएका ७० जना जेष्ठ नागरिक, बोम बहादुर खड्का र टोमलाल पाण्डेयको परिवार र धुर्कोट गाउँपालिकालाई सम्मान गरिएको छ । कार्यक्रममा नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञवाली, सचिव गोकर्ण बिष्टसहित नेकपा एमालेका जिल्ला इन्चार्ज दिनेश पन्थी, केन्द्रिय सदस्य दिनेश पन्थी, केन्द्रिय सल्लाहकार परिषद सदस्य खड्ग केसी, जिल्ला अध्यक्ष बालसिंह काउछा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा ज्ञवाली र बिष्टसहित खड्ग केसी, बालसिह काउछा, टोमलाल पाण्डेयका छोरा पुष्प पाण्डे र बोम बहादुर खड्काको धर्मपत्नी दिलशोभा पुनले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

( Jeevan rajan

को हुन टोम र बोम
धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा २०२३ असार ३ गते जन्मिनु भएका स्वर्गीय बोम बहादुर खड्काको ०७७ साल मंसिर १ गते मृत्यु भएको थियो । सानै उमेरबाट राजनीतिमा सक्रिया खड्का २०४३ सालको सातौ जिल्ला अधिवेशनबाट अनेरास्वाबियू जिल्ला अध्यक्षसहित पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । त्यस्तै २०४६ सालमा जिल्ला कमिटी सदस्य, २०५३ सालमा जिल्ला सचिवहुँदै २०६६ सालमा जिल्ला अध्यक्ष हुनुभएको थियो ।
धुर्कोट गाउँपालिका–५ वस्तुमा २०१० साल असार १० जन्मिनु भएका टोमलाल पाण्डेको मृत्यु २०७१ साल जेठ ९ गते मृत्यु भएको थियो । बिस २०२६ साल माघ १ गते नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गर्नुभएको पाण्डे २०३१ देखि २०३३ सालसम्म अनेरास्वावियूको केन्द्रिय सदस्य हुनुहुन्थ्यो ।

२०३४ साल पुष्पलाल सम्बद्ध गुल्मी–अर्घाखाँची संयुक्त सम्पर्क समितिमा सचिव, २०४३ सालको मनमोहन–साहाना प्रदानबिच एकता भएपछि बनेको जिल्ला कमिटीको सदस्य, २०४७ सालमा माले र माक्सवादीबिच एकता भएपछि जिल्ला कमिटी सदस्य र नेकपा एमालेको २०४८ सालदेखि २०६६ सम्म लगातार जिल्ला कमिटी सदस्यमा सक्रिय पाण्डे २०४९ देखि २०५४ सम्म तत्कालिन वस्तु गाविसको अध्यक्ष हुनु भएको थियो । उहाँ प्रजातान्त्रिक युवा संघको केन्द्रिय उपाध्यक्षसहित २०६९ सालमा जिल्ला अध्यक्ष हुनुभएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया