मुक्ति समाज गुल्मीको आठौं जिल्ला सम्मेलन चैत २९ र ३० मा हुने



टाेपलाल अर्याल


गुल्मी । नेकपा एमालेको जनबर्गिय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज गुल्मीको आठौं जिल्ला सम्मेलन चैत्र २९ र ३० मा हुने भएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी गुल्मीको शनिबार सम्पन्न वैठकले जिल्लामा संगठन सुदृढीकरण विशेष अभियानको शुभारम्भ गर्नुका साथै संगठनको आठौं जिल्ला सम्मेलन मदनआश्रित स्मृति भवन तम्घासमा आयोजना गर्ने निर्णय गरेको छ ।

जिल्ला सम्मेलन तयारीका लागि वैठकले राजनीतिक तथा सागठानिक प्रतिवेदन निर्माण गर्न दिपक वरालको संयोजकत्वमा विष्णु सुनार, दुर्गा विश्वकर्मा, सुवर्ण वराल र रमेश विश्वकर्मा सदस्य रहेको समिति गठन गरिएको छ । त्यस्तै प्रतिनिधि व्यवस्थापन समितिमा संयोजक विष्णु सुनार, सदस्यहरु विवा परियार र अञ्जना परियार रहेका छन । अतिथि सत्कार समितिमा संयोजक सोम नेपाली, सदस्यहरु विवा परियार, संगिता सुनार, सरिता नेपाली र रिता वराल रहेका छन । मञ्च व्यवस्थापन समिति संयोजकमा जयवहादुर चुँदारा, सदस्यहरु दिपक सुनार, रामु वराल, चित्रविर नेपाली, भोजेन्द्र विश्वकर्मा र रमेश परियार छन । त्यस्तै प्रचार प्रसार समिति संयोजकमा दुर्गा विश्वकर्मा, सदस्यहरु सूर्य सुनार, सावित्रा विश्वकर्मा, पवित्रा सोनी र प्रविणा परियार छ्न । भने प्रचार प्रसार तथा अन्य सामग्री छपाइ समिति संयोजकमा सुवर्ण वराल, सदस्यहरु सूर्य सुनार र रामु वराल छन । खाद्य व्यवस्थापन समिति संयोजकमा रमेश विश्वकर्मा, सदस्यहरु जयवहादुर चुँदारा, रमेश चुँदार, दिपक सुनार र आर्थिक प्रतिवेदन समिति संयोजकमा विवा परियार, सदस्यहरु, सरिता नेपाली, संगिता सुनारलाई जिम्मेवारी प्रदान गरेको छ ।

जिल्ला सम्मेलन प्रतिनिधिको रुपमा आयोजक जिल्ला कमिटीका सवै सदस्यहरु सहित प्रत्येक वडावाट कम्तिमा १ जना महिला सहित ३ जना सम्मेलन प्रतिनिधि ल्याउने निर्णय गरिएको अध्यक्ष दिपक वरालले जानकारी दिए । जिल्ला सम्मेलन पूर्व जिल्लाका चन्द्रकोट र कालीगण्डकी गाउँपालिका सहित वडा सम्मेलन सम्पन्न गर्ने, संगठनको सदस्यता वितरण गर्ने, संगठनका नेता कार्यकर्तामा राजनीतिक तथा बैचारिक प्रशिक्षण गर्ने, दलित समुदायसंग मुक्ति समाज जस्ता कार्यक्रहरु आयोजना गर्ने निर्णय भएको मुक्ति समाज प्रदेश कमिटी अध्यक्ष कृष्ण विश्वकर्माले बताए । आठौं जिल्ला सम्मेलनमा नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रिय अध्यक्ष तथा नेकपा एमाले केन्द्रिय सदस्य मनोहर विश्वकर्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न गर्ने निर्णय भएको विश्वकर्माले बताए ।

वैठकमा नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगत भूमि समस्या समाधान आयोग गुल्मी जिल्लाको अध्यक्षमा नियुक्त भएकोमा मुक्ति समाजका पूर्व केन्द्रिय स्थायीय कमिटी सदस्य तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण सुनारलाई बधाइ तथा सम्मान समेत गरीएको थियो ।

( Jeevan rajan

वैठक नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रिय कमिटी सचिवालय सदस्य दलवहादुर विश्वकर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य जगं नेपाली, लुम्बिनी प्रदेश सदस्य कृष्ण सुनार, जिल्ला कमिटी सचिव धर्म विश्वकर्मा, मुक्ति समाज लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो । जिल्ला कमिटी उपाध्यक्ष विष्णु सुनारले स्वागत मन्तव्य सहित शुरु भएको वैठकको संचालन उपसचिव सुवर्ण वरालले गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया