गुल्मीदरबार गाउँपालिकाद्वारा इस्माका आगलागी पीडितलाई एक लाख आर्थिक सहयोग



नवीन कार्की


नवीन कार्की, गुल्मी । गुल्मीदरबार गाउँपालिकाद्वारा इस्माका आगलागी पीडितलाई एक लाख आर्थिक सहयोग गरिएको छ । शुक्रबार गुल्मीदरबार गाउँपालिका अध्यक्ष सराेजकुमार थापा, उपाध्यक्ष तारा थापा ढेंगा र प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी लगायतले आगलागी क्षेत्रमै पुगेर इस्मा गाउँपालिकामार्फत पीडितलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।                                                                               इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले चेक बुझ्दै सहयोगी गुल्मीदरबार गाउँपालिकाकाे सिंगो टिमलाई धन्यवाद दिइन् । गुल्मीदरबार गाउँपालिका अध्यक्ष सराेजकुमार थापा, उपाध्यक्ष तारा थापा ढेंगा र प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सराेजकुमार थापाले बिपत्तिकाे सामाना मिलेर गर्नुपर्ने भन्दै गाउँपालिकाबाट सहयोग गर्न आगलागी क्षेत्रमा पुगेको बताएका थिए ।                                                                            प्रतिनिधि सभा सदस्य गाेकर्ण बिष्टले आर्थिक सहयोग गर्ने गुल्मीदरबार गाउँपालिका सम्पुर्ण जनप्रतिनिधि तथा कर्मचारीलाई धन्यवाद दिएका थिए । गुल्मीदरबार गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र प्रेस सल्लाहकारसहितका टिम आगलागीबाट क्षतिग्रस्त स्थलकाे पनि अवलोकन गरेका थिए ।                                                                             गत शनिबार जंगलमा लागेकाे आगाे बस्तीमा पुग्दा इस्माका सिदुङ्खा, हाडीखाेला, मुर्किना र काेटकाेटरीमा २६ घर जलेर पूर्ण रुपमा नष्ट भएका थिए । ४९ गाेठ जलेर नष्ट भएका थिए । जसबाट एक सय ९९ जना विस्थापित भएका थिए । हाल इस्मा गाउँपालिकाले घरहरूकाे पुनर्निर्माण सुरु गरिसकेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया