गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



सन्तोष महतारा


गुल्मी  । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाकाे गुल्मीदरबार गाउँपाालिका वडा नम्बर ३ गाैंडाकाेट राजाका २९ वर्षीय अनिलराज घर्तीकाे मृत्यु ‍‍भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए ।                                                                                 उनका अनुसार,  गौंडाकोटबाट बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल बिहिबार साँझ दुर्घटना भएको थियो । मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब ३० मिटर तल खसेको थियो । दुर्घटनामा गुल्मीदरवार गाउँपालिका वडा नम्बर ४ भट्टेचौरका ३१ वर्षीय यमबहादुर सुर्यवंशी घाइते भएका छन् । उनको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया