तम्घासस्थान मन्दिरको दर्शनसँगै घुमौं गुल्मी महाेत्सव



अनिष पन्थी


गुल्मी । गुल्मीमा संचालन हुने ऐतिहासिक प्रथम गुल्मी महोत्सवको तयारीलाई तीब्र गतिमा अगाडि बढाइएको छ।
कार्तिक १५ गतेदेखि २५ गतेसम्म हुने गुल्मी उद्योग संघको प्रथम ऐतिहासिक महोत्सवलाइ सफल बनाउन विभिन्न सरोकारवाला हरु सङ्ग पनि अन्तरक्रिया गर्दै आएको हो।

महोत्सव हुने स्थान नजिकै गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ उपल्लो तम्घासमा रहेको तम्घासस्थान मन्दिरमा धार्मिक आस्थाको केन्द्र तम्घासस्थान देवी भगवतीको ऐतिहासिकता,शक्ति र प्रबर्दन सम्बन्धमा शुक्रबार पत्रकार सङ्ग भेटघाट गरि मन्दिर व्यवस्थापन समितिले उक्त मन्दिरको बारेमा चर्चा गरेका थिए।

Jeewan and Rajan Tailors

आस्थाले भरिएको मन्दीरमा मनोकामना पूरा हुने बिश्वास सहित
महोत्सव को ठुलो प्रभाव तम्घासस्थान मन्दीर भएको गुल्मी उद्योग संघका महासचिव सुदर्शन खनालले बताए ।तम्घासस्थानले गुल्मी लाई उठाउन सक्ने बिश्वास सहित
उद्योग व्यवसायी सङकटमा परेको बेला मन्दिरको शरण पर्न यहीँ महोत्सव गर्न लागिएको समेत महासचिव खनालले जानकारि दिए।

The Star Family Restaurant

मन्दिर व्यवस्थापन समितिले स्थानीय जेष्ठ नागरिकको उपस्थित गराइ पत्रकारको माझमा मन्दिरको बिशेषता चर्चा गरेको हो। २२ औ र २४ औ राजाको कालदेखि देखी नै यस मन्दीरको इतिहास रहेको स्थानीय जेष्ठ नागरिक बिष्णु प्रसाद पन्थीले जानकारी दिए।
बाहिर बाट बिहे गरेर ल्याउने र लैजानेले अनिवार्य बलि दिने चलन यो मन्दीरमा भएको जानकारी दिदै तम्घासस्थान बाट अर्जुन धागिथुम जैगिथुम जस्ता देवि उत्पन्न भएको जानकारी समेत गराए ।
महोत्सवको सफलताको कामना गर्दै महोत्सवलाई सफल पार्न सक्ने सहयोग आफुहरुले गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चुरामणी पाण्डेले बताए।

उद्योग कृषि र पर्यटनमा उनिएको थुङा”समुन्त गुल्मीका लागि जाउँ हिँड रेसुङ्गा ” भन्ने मुल नारा सहित सन्चालन हुन लाएको महोत्सवमा एक लाख दर्शक भित्र्याउने र ६० करोड बराबरको कारोबार गर्ने अपेक्षा गरिएको संघले जनाएको छ ।

दशै र तिहारको बीचमा बिदामा गुल्मी आउनेहरूको लागि मौका पारेर गुल्मी चिनाउनका कार्तिक १५ गतेदेखि २५ गतेसम्म गुल्मीको ऐतिहासिक प्रथम महोत्सव संचालन हुन लागेको उद्योग संघ गुल्मीका उपाध्यक्ष जनक पन्थले जानकारी दिए ।

रेसुंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले तम्घासस्थान मन्दिरबाटै तम्घासको नाम रहेकोले र मन्दिरमा सफल दाम्पत्य जीवनको लागि भाकल चढाउने भएकोले यो महोत्सव निकै महत्त्वपूर्ण रहेको उनले बताए।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया