गुल्मेली भौतिकशास्त्री डा. ज्ञवाली ‘अन्तर्राष्ट्रिय युवा वैज्ञानिक अवार्ड’ बाट विभुषित



Live Gulmi


गुल्मीबाट कोरिया प्रस्थान गरेर विभिन्न अवरोधका वावजुत अत्यन्तै संघर्षपुर्ण तरिकाले भौतिकशास्त्रमा पि.एच.डी उपाधि प्राप्त गरि हालै ‘अन्तर्राष्ट्रिय युवा वैज्ञानिक अवार्ड’  प्राप्त गरेको छु यहि आफ्नो जीवनयात्रा संबन्धमा तयार पारिएको लेख यहाँ सम्प्रेषण गरेको छु।

नमस्कार म घनश्याम ज्ञवाली गुल्मी जिल्लाको बलिथुममा जन्मिएर सन् २०१२ देखि दक्षिण कोरियालाइ कर्म क्षेत्र बनाउदै हाल अन्तर्राष्ट्रिय युवा बैज्ञानिक अवार्ड (International Young Scientist Award) बाट विभुषित छु।

Jeewan and Rajan Tailors

स्थानिय थाक्सीपोखरा मा.बि बाट आफ्नो विधालय तहको शिक्षा लिई पाल्पा जील्लाको तानसेन अवस्थित त्रिभुवन बहुमुखी क्याम्पस बाट भौतिकशास्त्रमा बि.एस.सी सम्मको अध्ययन पुरा गरेका थिए । सन् २०१२ मा नेपाल सरकार द्वारा कोरियामा कामदार पठाउने पद्धति ई.पि.एस बाट पहिलो पटक कोरिया प्रवेश गरेका थिए।

The Star Family Restaurant

करिब पाँच वर्षको पहिलो कार्यकाल पुरा गरि  आफ्नो अध्ययन नियमित अगाडि बढाउने उद्देश्यका साथ पुर्ण छात्रवृति प्राप्त गर्न सफल रहि सन् २०१७ मा कोरियाको दक्षिण पुर्वमा अवस्थित थेगु विश्वविधालयमा भौतिकशास्त्र अन्तर्गत Materials Science and Energy Engineering Laboratory मा भर्ना भएको थिए।
विशेष गरि Rechargeable battery तथा Supercapacitor विषयक खोज तथा अनुसन्धानमा उत्कृष्ठ उपलब्धिका साथ सन् २०१९ मा एम्.एस.सी पुरा गरेका ज्ञवाली सोहि ल्याबमै पुर्ण छात्रवृतिसंगै पि.एच.डि स्कलर बन्न सफल रहेका थिए।

Green Energy, Its storage and conversion विषयक अनुसन्धानात्मक आलेखहरु (Research Papers) अत्यन्तै प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जनरलमा  करिब दुइ दर्जन पब्लिकेशन लगाएतको उपलब्धि संगै  सन् २०२२ मा पि.एच.डि उपाधिबाट विभुषित भएका थिए।

मास्टर्स डिग्री देखिनै विश्वविधालयमा उत्कृष्ठ छाप पार्न सफल रहि  पि.एच.डि उपाधि लगत्तै सोहि विश्वविधालयमा Postdoctoral Position मा सिनिअर रिसर्चर बन्न सफल भएको थिए।

विधालय तह देखि नै विज्ञानका विशेष गरि प्रयोगात्मक कार्यहरु गर्न एकदमै मन पर्थ्यो, गणितका हिसाबहरु गर्दागर्दै त कति रात नै बित्थे। जति पढ्यो उति आनन्द। संगै पढ्ने साथिहरुलाई नै ट्युशन पढाँउथेँ। संयोगले मेरो इच्छा अनुरुप भौतिक सास्त्रमा वि.एस.सी सम्म पढ्ने अवसर मिल्यो। नेपालमा प्राप्त मेरा सबै तहका शिक्षा सरकारी शिक्षण संस्थामा आर्जन भएकोले पनि होला मलाई अंग्रेजी विषय अलिक असहज लाग्थ्यो। कोरिया प्रवेश गरेपछि, जब अध्ययनलाइ निरन्तरता दिने योजना बन्यो, काम बाट बाँकि रहेको समयमा कोरियन र अंग्रेजी भाषा स्व-अध्ययन गरि पुर्ण छात्रावृति प्राप्त गर्ने सफलता मिल्यो। वि.एस.सी पछिको समयान्तरले गर्दा पनि भाषागत भन्दा विषयगत रुपमा थप मेहनत गर्नु पर्यो।

हाम्रो देश विकासको क्रममा विस्तारै पाईला अगाडि बढाउंदैछ। यस्तो देशमा नवप्रवर्तन तथा अनुसन्धानले प्रत्यक्ष प्रभाव पार्दछ। नेपालको शिक्षा निति तथा अध्ययन-अध्यापन शैलि विदेशको भन्दा अलिक फरक छ। सैदान्तिक पक्षलाई मात्र अलिक जोड दिएको जस्तो देखिन्छ तर पछिल्लो समय चाँहि केहि फरकपन देखिन पनि पाईन्छ। वर्तमान शिक्षा प्रणालीलाइ पुर्ण रुपमा व्यवहारिक बाटोमा परिमार्जन गर्नुपर्ने नै छ। यहाँ रहदा मैले विशेष गरेर नविकरणीय उर्जा शक्ति, यस्को उत्पादन/परिमार्जन तथा संचय सम्बन्धमा काम गरिरहेको छु। यो विषयान्त खोज-अनुसन्धान नेपालको परिवेशमा अझ बढि आवश्यक छ जस्तो लाग्छ। यहि क्षेत्रलाई केन्द्रविन्दु बनाएर प्रयोगात्मक रुपमा अध्ययन गर्दै लागु गर्ने संकल्प छ। यो कार्यको लागि सरोकारवालाहरुबाट पनि निति तथा कार्यक्रम लगाएत बजेट विनियोजन माध्यमबाट अग्रसरता हुनुचांहि अति आवश्यक छ।

४ महिनाको बच्चा संगै घर-परिवारलाइ छोडेर पहिलोपटक विदेश हिड्दाको क्षण नरमाईलो संग दिमागमा बिज्छ। यस्तै थुप्रै छन् दुःख र संघर्षका समयहरु। मैले गरेको रिसर्च आलेख पहिलोपटक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित हुंदा र पि.एच.डी उपाधि पछि पहिलोपटक घरमा जाँदा घर-परिवार र समाजले नै पन्चेबाजा सहित स-सम्मान गाँउ प्रवेश गराएको पल सुखद् बनेर रहेको छ।
मेरो परिवार मेरा हरेक सपना र कामकारोबारको धरोहर हो। सबै तहका गुरुहरु, साथि-भाई, अग्रजहरु, मेरा हरेक सफलतामा हौसला दिने र साथमा रहिरहने सबै प्रेरणीय व्यक्तित्वलाई सदा सम्झिन्छु।

गुल्मीमा जन्मिएर, स्थानिय विधालयको औपचारिक शिक्षा, सरकारी विश्वविधालयबाट भौतिकशास्तरमा बि.एस.सी सम्मको उच्च शिक्षा संगैको विधालय अध्यापनलाई अस्थायी रुपमा विट मारेर कामदारको रुपमा दक्षिण कोरिया प्रवेश गरेको लगान, त्याग र संघर्ष पछिको यो उपल्ब्धी अत्यन्तै प्रेरणीय रहेको छ। संसार भरका हजारौँ वैज्ञानिकहरुको भिडबाट आफ्नो उत्कृष्ठ योगदानका साथ यहि वर्ष जुलाईमा सिंगापुरमा भएको 9th edition of International Young Scientist Award बाट विभुषित भएका डा. ज्ञवालीको यो लेखले देश-विदेशमा रहेका अन्य वैज्ञानिक, रिसर्चर्स, विधार्थी तथा कामदाहरुलाई समेत प्रेरणाको श्रोत बन्नेछ भने देशले एउटा सफल वैज्ञानिक प्राप्तिको अनुभुति गर्न पाउने आशा रहेको छ।

धन्यवाद।
डा. घनश्याम ज्ञवाली
रिसर्च प्रोफेसर, थेगु युनिभर्सिटी, दक्षिण कोरिया।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया