चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा कपडा बैंक स्थापना



Live Gulmi


महेश बाेहरा, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा जिल्ला मै पहिलो पटक कपडा बैंङ्क स्थपना भएको छ । मंगरबार १७ औं गणतन्त्र दिवसको अवसर पारेर शान्तिपुरमा आयोजित एक औपचारिक कार्यक्रम गदै बसर्पाकमा कपडा बैंङ्कको शुभारम्भ गरिएको हो ।

चन्द्रकोट गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि युवराज केसीले शान्तिपुर बसपार्कमा राखिएको संकल्न बक्स खोली उद्घाटन गर्नुभएको थियो । उद्योग बागिाज्य संघ शान्तिपुरको सहयोगमा कपडा बैंङ्कको स्थापना गरिएको हो । यो गुल्मी जिल्ला मै पहिलो पटक स्थापना गरिएको छ । मानवीय कार्य अन्र्तगत क्लोथ बैंङ्कको स्थापना गरिएको उद्योग बाणिज्य संघ शान्तिपुरका अध्यक्ष तेजेन्द्र थापाले बताउनुभयो । उहाँले सबैले आफ्ना पुराना कपडाहरु कपडा बैंङ्कमा जम्मा गरी पर्यावरणमा पर्ने नकरात्मक असरलाई समेत न्युनिकरण गर्न सकिने बताउनुभयो ।

Jeewan and Rajan Tailors

कार्यक्रममा बोल्दै चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले क्लोथ बैंङ्कमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न सकिने बताउनुभयो । सोही कार्यक्रममा उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीले मानवीय सेवा गर्ने उद्देश्यका साथ क्लोथ बैंङ्कको सुरुवात यस पालिकामा गर्न पाएकोमा क्लोथ बैंङ्क परिवार प्रति धन्यवाद ब्यक्त गर्नुभयो । चन्द्रकोट गाउपालिका अध्यक्ष युबराज केसीले कार्य निकै प्रसंसनीय र परोपकारी भएको हुदा गुल्मीमा सम्पूर्ण पालिकाहरुमा कपडा बैंक आवश्यकता रहेको औलाउनुभयो । उहाँले भौतिक विकास संगै सामाजिक विकास, मानवीय विकास र चेतनाको विकास हुनुपर्ने बताउनुभयो ।

The Star Family Restaurant

कपडा बैंकका संचालक कमल जिसीले बैंक संचालन भएको चार महिनाको अवधिमा आगोलागी पिडितहरु सात सय भन्दा बढी घर परिवारलाई कपडा प्रदान गर्दा साच्चिकै पुण्यको काम गर्न पाएकोमा खुसि ब्यक्त गर्नुभयो । उहाँले हाललार्ई शान्पिुरको बसपार्कमा संकलन बक्सलाई राखिएको र केही समय मै चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ को मजुवा बजारमा समेत राखिने बताउनुभयो । उहाँले गुल्मी जिल्लाका अन्य स्थानिय तहमा समेत यो कार्य थालनीका लागी पहल भइरहेको बताउुभयो ।

चन्द्रकोट गाउपालिकाको बसपार्क स्थित संकलन बक्स राखिएको छ भने संकलित कपडाहरुलाइ पुन प्रसोधन (रि साइकल) गरि आवश्यकताका आधारमा वितरण गरिने चन्द्रकोट गाउपालिका वडानम्बर २ का वडा अध्यक्ष कमल केसीले बताउनुभयो । कार्यक्रममा विभिन्न संचारकर्मी, नेपाल रेडक्रस, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न बिद्यालयका अध्यक्ष, प्रधानध्यापक, शिक्षक, युवा तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । क्लोथ एण्ड फूड बैंक नेपालले आगामी २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म एक सय ६० भन्दा बढी स्थानीय सरकार यो अभियानमा जोडिएका छन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया