जनता सधैं भेडा शासक सधैं बाघ !



Live Gulmi


चुनाव आउँदाकाे समयमा हाेस वा अन्य एउटा सक्षम नेतृत्व लाई छान्न नसक्दा जनतामाथि प्रयाेग हुने शब्द हाे “भेडा” जसकाे अर्थ हामीले बुद्धि नभएका बकम्फुसे भन्ने बुझ्छाैँ । एउटा जनावरको नाम हाे,भेडा हाे त्यहीँ शब्द जनताहरु माथि कहिले बाट प्रयाेग गर्न थालियाे र किन प्रयाेग गरियाे त? वि.सं.२०४६ सालकाे जनआन्दाेलनबाट प्रजातन्त्रकाे पुन:स्थापना पछि भएकाे पहिलाे आम निर्वाचनमा आफ्नी श्रीमती मङ्गलादेवी सिंह र आफ्ना पुत्र प्रकाशमान सिंह चुनावमा हारेपछि नेपाली जनताले नेपाली काङ्ग्रेसका सर्वाेच्च नेता गणेशमान सिंहबाट प्राप्त गरेकाे पदवी हाे भेडाे ।

चुनावमा आफ्नी श्रीमती र पुत्रकाे पराजयबाट धङधङी लागेका नेता गणेशमान सिंहले आवेगमा आएर राजधानीमा बस्नेलाई मात्रै दिएकाे हाे याे पदवी पछि गएर जनताहरु आफैँले पनि रमाइलो मानी गफ गर्ने क्रममा `हामी त भेडा नै रहेछाैँ हगी´ भन्दै नेता सिंहकाे पदवीलाई जनताले नै स्वीकारेकाे जस्ताे गर्न थाले त्यसपछि चारैतिर याे शब्द लाई प्रयाेग गर्न थालियाे। जनतालाई भेडा शब्दकाे पगरी भिराईदिने त नेता नै पाे रहेछन। तर वर्तमान समयकाे परिवेशमा याे शब्द अत्यन्तै उपयाेगी सावित भैरहेको छ अर्थात साँच्चिकै याे शब्द फगत प्रयाेग गरिएकाे रहेनछ भन्ने भान हामी सबैलाई हुन लागेकाे छ,किनकी हुन पनि त्यस्तै नै भैरहेकाे शासकहरु बाेलिरहेका छन र भेडाहरु सुनिरहेका छन केही गर्नै भन्नै सक्दैनन भेडाहरुले बस चुपचाप सुनिरहेका मात्रै छन।

Jeewan and Rajan Tailors

नेपालीमा एउटा कथ्य छन नी “भेडाहरु लाटा र साेझा हुन्छ उनीहरु एउटै लयमा हिड्छन र उनीहरुका अगाडि कुनै एउटा बार लगाईदिने हाे भने अगाडिको भेडा उफ्रियाे भने अन्य भेडाहरु पनि त्यस्तै गर्दै उफ्रिन्छन चाहे त्यहाँ कुनै बार हाेस वा नहाेस।” हाे यस्तै भैरहेकाे छ,अहिले पनि नेताहरु बाेलिरहेका छन जनताहरु सुनिरहेका छन शासकहरु जे भन्छन साेझा जनताहरु त्यहीँ गरिरहेका छन। शासकहरु मिलेर देशलाई पश्चगमन तर्फ धकेलिरहेका छन तर जनताहरु चाहिँ केही गर्न सक्दैनन बस हेर्छन मात्रै । देशमा प्रजातन्त्र,लाेकतन्त्र र गणतन्त्र आयो व्यवस्था फेरियाे धेरै कुरा फेरिन पुगे तर शासकहरु जुन तन्त्रमा पनि एउटै रहे जनता लाई चुस्नु चुसे र देश लुट्नु लुटे। संसारकै सुन्दर व्यवस्था हाे गणतन्त्र तर यसलाई नै लुटतन्त्रकाे मागी खाने भाँडो बनाएका शासकहरु सँग देश लाई जाेगाउन अति अावश्यक छ नत्र देश भड्खालाेमा जाने निश्चितप्राय छ।

The Star Family Restaurant

व्यवस्था फेरिनु ठुलो कुरा रहेन अब शासकहरुकाे प्रवृत्ति सुध्रिनु ठुलो कुरा रह्याे! अहिलेकाे वर्तमान समयमा हाम्रो राष्ट्र र राष्ट्रियता चाैतर्फी रुपमा संकटकाे भुमरीमा परिरहेकाे छ।अहिलेकाे समयमा देशमा निकै अशान्त फैलिएको कुरा सर्वत्र छ।यसले गर्दा हाम्रो स्वतन्त्रता र स्वाधीनता पनि धरापमा परेकाे छ। देशमा कुनै कुरा स्थिर छैन चाहे त्याे राजनीति हाेस,चाहे त्याे सिमा विवाद हाेस या नागरिकका समस्या नागरिक राज्यसंयन्त्र सँग निकै रुष्ट छन। सीमा मिचिएका छन।गरिब थिचिएका छन। किसान मिचिएका छन। नेतृत्व वर्ग सत्तासिनाेकाे लागि लुछाचुडी गरिरहेकाे छ। नागरिकका समस्या ज्युँका त्युँ छन।

जनादेशले बनेकाे सरकारमा जनताकै अावज सुनिदैन भने के त्याे जनादेश भन्नू? यसकाे जलन्त उदाहरण हाे अमेरिकी सहयाेग एमसिसी परियाेेजना । याे परियाेजना निकै नै विवादास्पद बन्याे यसकाे चाैतर्फी अालाेचना र देशमा घाेर विराेध भयाे।लगभग विपक्षमा लगभग धेरै जनताहरु एमसिसी परियोजनाकाे विरुद्धमा थिए । अन्ततः वि.सं.२०७८ काे फागुन महिनामा जनादेश विरुद्ध एमसिसी पारित भयाे । अब एमसिसीकाे दुरगामी असर भने भाेग्न र हेर्न बाँकी नै छ। जनादेश विरुद्धको सरकार नी के सरकार?  देशमा स्थिर रुपमा कुनै कुराहरु चलिरहेको छ जस्ताे मलाई लाग्दैन वि.सं.२०६५ बाट २०८० सम्म आइपुग्दा काङ्ग्रेस,माओवादी र एमालेले मात्रै देशकाे प्रतिनिधित्व गरिरहेकाे छ,अालाेपालाे सरकार चलाइरहेका छन यी ३ दलहरुले तर देशकाे विकास भने शून्य प्राय:देशकाे नाममा रहेका उद्योग लाई बेचेर निजी क्षेत्रकाे पाेल्टाेमा सार्वजनिक जग्गा रातारात निजी क्षेत्रकै पाेल्टाेमा अनी देश चाहिँ ३ दलका शिर्ष नेताकाे हातमा अर्थात् अाैँठा छापहरुकाे हातमा अनी हामी नेपाली जनताहरुले कसरी विश्वास गर्नी की यिनीहरूले देशलाई    एउटा विकासकाे लयमा लैजान्छन भनेर।

देशमा यस्ताे विघ्न संकट उत्पन्न हुँदा पनि राज्यसंयज्त्र किन यति लाचार छ? अहिलेकाे याे परिवेशमा देश प्रतिगामी दिशातर्फ उन्मुख भैराखेकाे छ।हाम्रो देशबाट दैनिक कयौं युवाहरु आफ्नो एकछाक टार्न र एकसरो लगाउन मात्रै प्रदेश पर्छन “काेही बाकसमा पैसा लिएर फर्किन्छन भने काेहीँ आफैँ बाकसमा फर्किन्छन” यस्ताे अवस्था उत्पन्न हुनुमा मुख्य कारण राज्यसंयन्त्र नै हाे। पद,पैसा र सत्तालिप्त हुन मात्रै जानेका छन अहिलेका जनप्रतिनिधिले “सत्तासँग उनीहरु एउटा अटेर्नु जनावरमा जसरी गाडिएको हुन्छ त्यसरी नै उनीहरु पनि गाडिएका छन।” तर उनीहरु लाई ज्ञान छैन एकदिन उनीहरु पनि अटेर्नु जसरी नै रगत चुस्दा चुस्दै सत्ता र कुर्सीकाे माेहमा टाँसिएरै मर्ने हाे भनेर। सत्तासीन व्यक्तिहरु द्वारा नै अकर्मण्य बढ्दाे उत्कर्षमा पुगेकाे देखिन्छ। यस्ताे याे अकर्मण्य नीति अवलम्बन गर्नु पक्कै पनि राम्रो हैन। युवा जनशक्ति बिदेश पलायन डाँडापारिका डुब्नै आँटेका घाम र जुन जस्ता नेताहरु द्वारा राज्य सञ्चालन अनी बचेका रहेका केही बाैद्दिक वर्गहरु चिया पसलमा गफ मार्न व्यस्त “केही उच्च स्तरका वाैद्दिक वर्गहरुले राज्य सञ्चालन गर्ने ठाउँमा चिया पसलमा आफ्नो हैकम जमाइरहेका हुन्छन”। सत्ता,शक्ति र स्वार्थकाे उन्मादमा मानवीय मूल्य रित्तिदै जान थालेकाे छ। अझ पछिल्लो समय सत्तालिप्त नेताहरु लाई एउटा दंशकका रुपमा समेत परिभाषित गर्न थालेकाे पाइन्छ। कानून पनि एउटा धागाेकाे बन्धन जस्तैःभएकाे छ।”सानालाई अल्झाउने अनि ठूलाकाे फन्दामा परे आफै अल्झिने र बल्झिने अनी गुजुल्टाे पर्ने”। नेपाल आमा धुरुधुरु राेइरहेकी छिन उनकाे चीत्कार सुन्ने कसले ? आफ्नै आमाकाे चीत्कार सुन्न नसक्ने नेताहरुले कसरी जनता राेएकाे सुन्न सक्छन? अझ अहिलेकाे सरकार झन पराईँ सँग साैदाबाजी गरिरहेकाे छ। देशका जनताहरु लाेकतन्त्रकाे नाममा एकतन्त्रीय शासनले गर्दा आर्जीत भइरहेको अवस्था छ।

धन्यवाद !
लेखक: विशाल अधिकारी
(लेखक अधिकारी रेडियो रेसुङ्गा गुल्मीमा कार्यरत छन् ।)

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया