इस्मा गाउँपालिकाको वार्षिक प्रगति विवरण सार्वजनिक



सन्तोष महतारा


गुल्मी । स्थानीय तहमा दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष पूरा भएको छ । स्थानीय तहले यस क्रममा गरेका गतिविधिहरु सार्वजनिक गर्ने क्रममा छन् ।

गुल्मीको इस्मा गाउँपालिकाले गुल्मीमा पहिलो पटक शनिबार गाउँकार्यपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गरेर एक वर्षमा गरेका सम्पूर्ण गतिविधिहरु सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता पार्वती कुँवरले वार्षिक प्रगति विवरण पत्रकार सम्मेलनमा सार्वजनिक गर्नुभयो ।

Jeewan and Rajan Tailors

पत्रकार सम्मेलनमा सार्वजनिक पूर्ण पाठ : 

The Star Family Restaurant

शिक्षा युवा तथा खेलकुद : 

  • कक्षा११र१२मानिःशुल्कशिक्षाकालागिमासिकशुल्कनलिनेव्यवस्थागरिएको।
  • स्वयम् सेवक शिक्षक व्यवस्थापन सम्बन्धी अन्तर्गत रही गाउँपालिका अन्तर्गत २०७९ समुदायिक विद्यालयहरुमा सुत्केरी विदा/अध्ययन विदा/ वा अन्य विदा वा विभिन्न कारणले आंशिक रुपमा रिक्त हुने शिक्षक पदमा गाउँपालिकको स्वयम् सेवक शिक्षक सूचिबाट व्यवस्थापन गर्दै आएको छ ।
  • स्थानीय पाठ्यक्रम निर्माण तथा लेखन सम्बन्धी प्रक्रियामा रहेको ।
  • अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न भएको ।
  • स्थायी सेवामा नयाँ प्रवेशी शिक्षकका लागि सेवा प्रवेश सम्बन्धी पेशागत तालिम सम्पन्न।
  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला र प्रदेशस्तरमा सञ्चालित २०७९ प्रतियोगितामा सहभागी भई इस्मा गाउँपालिकालाई जिल्लास्तरमा द्वितीय स्थान हासिल गराउन सफल विद्यार्थी खेलाडी र विद्यालयहरुलाई प्रशंशित ।
  • गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरुको स्थलगत अध्ययनतथा अनुगमन गरी विद्यालयको भौतिक, शैक्षिक तथा व्यवस्थापकीय पक्षसँगसम्बन्धित तथ्याङ्कको सङ्कलन गरी विद्यालयको कक्षा तह समायोजनका लागिकार्यदल गठन गरी दरबन्दी मिलान समेत सम्पन्न गरिएको।
  • अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता । सञ्चालन २०७९ गत वर्षको निरन्तरता
  • गाउँपालिका स्तरीय निशुल्क परीक्षाको सञ्चालन तथा अनुगमन ।

शिक्षाप्रशासनसँगसम्बन्धितकार्यहरु : 

  • शिक्षक सेवा आयोगबाट स्थाइ शिक्षक पदमा सिफारिस भई विभिन्न तह र विषयको पदमा नियुक्ति लिई आएका शिक्षकहरुको यस गाउँपालिकामा पदस्थापन गर्ने कार्य सम्पन्न ।

 

कृषि विकास शाखा

  • इस्मा गाउँपालिका अन्तर्गत वडा नं. १ मा संचालित हिमालय मा.वि. बाट कृषिधार तर्फ उत्कृष्ट विद्यार्थीलाई सीप विकास तथा प्राविधिक क्षमता अभिवृद्धि गर्नको लागि गाउँपालिकाको कृषि विकास शाखामा रहेर कृषि सहजकर्ताको रूपमा कार्यसम्पादन गर्ने गरी छनौट गरियो ।
  • आ.व. २०७९।८० मा नयाँ आलुबाली पकेट विकास कार्यक्रम संचालनको लागि विनियोजित रकम रू. १२,००,००० ।- को लागि वडा नं. २ मा संचालित पूर्णविश्वास कृषि सहकारीलाई छनौट गरी आलु खेती सम्बन्धी कार्य गर्न सम्झौता गरियो ।
  • आ. व. २०७८।७९ मा स्थापना भएको आलुबाली पकेट विकास कार्यक्रमको निरन्तरताको विनियोजित रकम रू. ६,००,००० ।- को सम्पूर्ण कार्य पुरा भएको छ ।
  • खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रमको रू. ८,३०,००० ।- मध्ये कृषकको माग आए बमोजिमको गहुँ र मकैको बीउ खरिद गरी ५० प्रतिशत अनुदानमा कृषकहरूलाई वितरण गरियो र धानको बीउको लागि माग संकलन गरी खरिद गर्ने प्रक्रियामा रहेको ।
  • साना किसान कृषि सामग्री अनुदान कार्यक्रमबाट कृषि सामाग्रीहरु ५० प्रतिशत अनुदान र यस वर्ष प्लाष्टिक टनेलमा ७५ प्रतिशत अनुदानमा संरचना निर्माण गर्नेलाई प्राथमिकतामा राखी वितरण गर्ने गरिएको छ ।
  • माटो प्रयोगशाला स्थापनाको विनियोजित रकम मध्ये मिनी माटो प्रयोगशाला स्थापना गरी सकिएको र एकीकृत घुम्ती सिविरमा संकलन भएका माटोका नमूनाहरू लाई परिक्षण गर्ने गरिएको छ ।
  • वडा नं. ३ मा बेमौसमी तरकारी ( घिरौला, लौका, काँक्रा, तोराय, करेला ) को बीउ वितरण गरियो ।
  • वडा नं. ३ मा नियमानुसार दर्ता तथा नवीकरण भएका कृषि फर्महरू लाई १००० लि. को प्लास्टिक ट्याङ्की वितरण गरियो ।
  • पुष्प खेती अनुदान अन्तर्गत आवेदन परेका कृषकहरूमध्ये उत्कृष्ट कृषक छनौट गरियो ।
  • वडा नं. ५ मा पाहाकटेरी आलु जोन कार्यक्रम अन्तर्गत आलुको बीउ खरिद गरी वितरण गरियो ।
  • कृषकहरूको खेतबारीमै गई कृषकलाई आईपरेका समस्याहरूको पहिचान गरी समस्या समाधानको लागि प्राविधिक सल्लाह दिइयो ।
  • किसान सूचीकरण कार्यक्रम र कृषि पशुपंक्षी तथा मत्स्य तथ्यांक्क अद्यावधिक कार्यक्रमको लागि सहजकर्ता छनौट गरिएको र संघीय सरकारबाट बजेट रोक्का हुन पुगी उक्त कार्य गर्न असमर्थ रहेको ।

 

खानेपानीतथासरसफाइतर्फ : 

खानेपानीको समस्या वडा नं. ३, ४ र ५ मा बढी देखिन्छ भने अन्य वडाहरुमा केही भागहरु पालुखा, ताल्तुङ बुल्म लगायतका ठाउँमा पनि समस्या देखेपछि निस्ति वृहत खानेपानी मार्फत वडा नं. ३, ४ र ५ लाई लक्षित गरी ७० लाखको काम सञ्चालनमा छ । एक घर एक धाराका लागि करिव ४०० खानेपानी मिटर खरिद भई जडान हुँदै छन् ।

वडानं.

  • १२ वटा खानेपानीका योजनाहरुको निर्माण कार्य जारी¸ कुवा पधेरा तथा श्रोत संरक्षणलाइ प्राथमिकता
  • ठूलाखोला गरगरे लि.खा.पा. अधुरो कार्य सम्पन्न गरिएको

वडानं.

  • नयाँ खानेपानी योजना २ -(२०+२०) घरधुरी (रिठाउँदी खत्रीटोल चुनढुङ्गा खा.पा.)
  • मुल तथा पधेरो संरक्षण २ – ६० घरधुरी (ठाकुरको पधेरा- ५० घरधुरी)
  • काफलखोला मूल संरक्षण – २० घरधुरी
  • मर्मततर्फ ७ वटा योजना – ३१० घरधुरी

वडानं.

  • कालीरह ठाडढुङ्गा लिफ्टीङ खा.पा. मर्मत गरी सुचारु
  • ढाणखोला लि.खा.पा. मर्मत गरी सुचारु
  • आठमाने सिस्ने काफलाकारुख मुल संरक्षण- १०० घरधुरी

वडानं.

  • डोटेकारह देउराली लि.खा.पा. वाकी निर्माण कार्य पुरा गरी सुचारु
  • अधेरी दोहली लि.खा.पा.को वाकी निर्माण कार्य पुरा गरी सुचारु
  • २ वटा पुनर्भरण पोखरी निर्माण
  • मौरीखोला दलितबस्ती एक घर एक धारा, तिजुका खोला पोखराखन्ड खा.पा.
  • गोल्याङ्दी खा.पा.
  • भुल्के इस्मा मैदान खा.पा.

वडानं.

  • कुवा पधेरा मर्मत-४ वटा
  • वुल्म खा.पा. पुननिर्माणका लागि काम अगाडी वढेको
  • सिस्नेरी खा.पा. टुनीपाटा मर्मत विस्तार
  • धैरेनी खा.पा. टुनिपाटा

सुरक्षितनागरिकआवास

  • ८४ जना लाभग्राहीहरुसँग जस्ता पाता लगाउनका लागि संझौताको प्रकृया अगाडी वढेको ।

विपद्व्यवस्थापन

  • मनसुनजन्य तथा आगलागिजन्य विपद् मा परेका १०० घरपरिवारलाइ
  • त्रिपाल वितरण गराइएको ।
  • खानेपानी तथा सिचाइको पाइप क्षतिको पुन निर्माणका लागि विभिन्न साइजको जम्मा
  • ५००० मिटर पाइप वितरण ।
  • विपद् मा परेका परिवारलाइ घर घर मै तत्काल राहत उपलब्ध गराइएको ।
  • पहिरोले अवरुध्द सवै मोटरवाटोहरु तत्काल सुचारु गराइ यातायातको सहज आवतजावत
  • गराइएको ।
  • मनसुनजन्य विपदवाट पुर्ण क्षति भइ पुननिर्माणमा सुचिकृत भएका १३ लाभग्राहीहरु मध्ये घर निर्माणका लागि संझौता भएका मध्ये १३ जनाले प्रथम किस्ता र ८ जनाले दोस्रो किस्ता रकम प्राप्त गरेका ।

  • तत्कालिन न्यायिक समिति किनारा नलगाएका २८ वटा उजुरी तथा निवेदनहरुको मेलमिलापको माध्यमबाट किनारा लगाइएको छ ।
  • न्यायिक इजलास (छलफल कक्ष) तयार गरिएको ।
  • क्षेत्राधिकार भित्रका ९ वटा उजुरी मध्येका मेलमिलापको माध्यमबाट ८ निवेदन किनारा लगाइएको छ भने १ वटा उजुरी फर्छ्यौट हुन बाँकी छ ।
  • किनारा लगाइएको ।

पशु शाखा

१.लम्पी स्किन रोगबाट गाई गोरुलाइ हाल सम्म ३५० डोज रोग बिरुदको खोप लागाइएको छ भने हाल खोप तथा उपचार सेवा निरन्तर चलिरहेको छ ।

२. इस्मा गाउँपालिका सबै वडाहरुमा एकिकृत घुम्ती शिवीर मार्फत जम्मा पशुपन्छी उपचार सेवा ८६२ घर धुरी र रेविज बिरुदको खोप सेवा ३२६ बटा कुकुर बिरालो लाइ लगाइएको थियो

३. मकै बालीमा लाग्ने फैजी किरा र गबारो किरा नियन्त्रण गर्नेका लागि इस्मा गाउँपालिकाका किसानहरुलाइनि.शुल्क रुपमा बिषादी बितरण

४. पशु हेरालु अनुदान कार्यक्रम कार्यबिधि तयार भइ  इस्मा गाउँपालिकाका प्रति किसानहरु लाइ रु. १००००। का  दरदे अनुदान बितरण भइरहेको (आर्थिक बर्ष २०७९/०८० )

५. इस्मा गाउँपालिकाका सबै वडाहरुबाट नि.सुल्क पशुपन्छी औषधि उपचार सेवा संचालनमा रहेको छ

६. आर्थिक बर्ष २०७८ मा स्थापना भएका बाख्रा पकेट बिकास कार्यक्रम दिइएको ।

७. उत्पादनमा आधारीत अनुदान अन्तर्गत इस्मा गाउँपालिका जिउदो खसी बोका तौलको आधारमा वडा.न.६ का १०६ जना  वडा.न.४ का ५६ जना वडा.न.२ का ४३ जना वडा.न.५ र ३ का १६९ जना वडा.न.४ का ५८ जना  उत्पादनमा आधारीत मासुमा अनुदान बितरण गरियो भने दुध उत्पादनमा इस्मा गाउँपालिक वडा.न.६ का ३३ जना लाइ दुधमा उत्पादनमा आधारीत अनुदान बितरण गरिएको थियो  (आर्थिक बर्ष २०७८/७९)

८. न्यु नमुना कृषि तथा पशुपन्छी फर्मलाइ गोठ निर्माण अनुदान बितरण

९. इस्मा गाउँपालिका वडा.न.२ को पालुखामा बहिरबाट आएको कुकुरलाइ रोग निदान तथा परिक्षण गर्दा रेविज रोग पुष्टि भएको हुनाले उत्त कुकुरबाट आर्कमण भएका २ जना बच्चा तथा  ५ वटा बाख्रा १ गोटा कुकुर लाइ उपचार गरियो ।

 

 

रोजगार सेवा केन्द्र

नविन्तम प्रयासहरुः

  • २०८० साल बैशाख १ गते देखि वैदेशिक रोजगारीलाई थप व्यवस्थित तथा सहज वनाउने नेपाल सरकारको निर्णयानुसार व्यक्तिगत श्रम स्वीकृति तथा पुनःश्रम स्वीकृतीका रोजगार सेवा केन्द्रबाट हुने भएको छ ।
  • एकीकृत श्रम तथा रोजगार सेवा -सञ्चालन तथा व्वस्थापन_ कार्यविधि, २०८० बमोजिम नमूना रोजगार सेवा केन्द्र सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
  • नेपाल सरकार रोजगार व्यवस्थापन सूचना प्रणालीलाई अधिक्तम प्रयोग गरि मन्त्रालय तथाविभागबाट जारि भएका हरेक किसिमका सुचना जनस्तरमा पुर्‍याउन एस.यम.यस, ईमेल, वडागत पत्र तथा वेवसाइटको प्रयोग गरिएको छ ।
  • स्थानिय तह रोजगार रणनिति -आ.ब. २०८०/०८१ – २०८५/०८६_निर्माण गर्न रोजगार सम्वाद मञ्च सञ्चालन गरिएको छ ।
  • घुम्ती सेवा शिविर मार्फत रोजगार सेवा केन्द्रका विविध सेवा सोहि स्थानमा प्रदान हुने व्यवस्था भएको छ ।
  • श्रमिकहरुलाई अभिमुखिकरण तथा तालिमको व्यवस्था हुने गरि वडागत संख्या र लिन चाहेको तालिम शिर्षक सहित मन्त्रालयमा पत्रचार गरेका छौँ ।
  • आयोजनाहरुको काम संचालन हुदा श्रमिकहरुको सुरक्षाका लागि अपनाउनु पर्ने साबधानीर आई पर्नसक्ने सम्भावित जोखिमका बारे सचेतना तथा अभिमुखिकरण गर्ने तालिका बनेको छ ।
  • चालु आ.व.का आयोजनाहरु अति आवश्यक प्रत्येक्ष लाभान्वित जनसंख्या तथा जिविको पार्जन गर्न शहज हुने, पर्याटन, यातायात, धार्मिक तथा सास्कृतिक भैतिक पूर्वधार विकासका आयोजनाहरु सञ्चालन गरिएको छ ।

पुराना गतिविधिहरुः

  • सम्पूर्ण प्रशासनिक कार्य , वडागत समन्वय, सम्झौता, समितिनिर्माण कार्य , बैंकिङ्कतथा ज्याला भुक्तानि कार्य हुने गरेको
  • प्रधानमन्त्री रोजगार कार्याक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित योजनाहरुमा अधिक्तम योजनाहरु घो.बा. मर्मत, मो.बा. मर्मत, चौपारी तथा विभिन्न धार्मिक मठ मन्दिरसम्म पुग्ने पदमार्ग मर्मतमा सिमित रहेको
  • अध्यक्ष रोजगार कार्यक्रम संचालन गरिएको
  • श्रमिकहरुलाई सामान्य अभिमूखिकरण गर्नेगरिएको

निरंतरता दिएका कार्यहरुः

  • सम्पूर्ण प्रशासनिक कार्य , वडागत समन्वय, सम्झौता, समितिनिर्माण कार्य , बैंकिङ्कतथा ज्याला भुक्तानि कार्य थप व्यवस्थित तथा प्रभावकारी बनाउन निर्देशक समिति, निर्माण समिति तथा सम्बन्धित सरोकारवालासँग निरन्तर छलफल भएको
  • मो.बा घो.बापदमार्ग मर्मत योजनाहरुलाई अति आवश्यक्ताको आधारमा छनोट भएको

 

 

सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा

नविनतम कार्यहरु

  • अशकत र अपाङ्गहरुको बैंक खाता घरघम गई खोलिएको ।
  • सामजिक सुरक्षा भत्ता लिन स्वमं बैकमा जान नसक्ने लाभग्राहीको संरक्षक कायम गरी संरक्षक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको ।
  • ५५ वर्ष माथिका एकल पुरुषलाई भत्ता प्रदान गर्ने वार्षिक कार्यक्रम अनुसार एकल पुरुषको बैंक खाता खोल्न टोलटोलमा पुगी सहजीकरण गरिएको ।
  • एकल पुरुषालाई भत्ता दिन शुरु भएको एवं एकल परिचयपत्र वितरण शुरु भएको ।
  • सामाजिक सुरक्षा लाभग्राहीको भत्ता परिचयपत्र ६ वटै वडाका टोलटोलमा पुगी १८ स्थानबाट नविकरण सेवा प्रदान गरिएको ।
  • हाल सबै वडामा तीन फरकफरक टोलमा पुगी १८ स्थानबाट भत्ता वितरण गरिएको ।
  • घटना दर्ता सप्ताह अवधिभर निशुल्क घटना दर्ता गर्ने व्यवस्था मिलाइएको ।
  • परिचयपत्र नविकरणका लागि इमेल मार्फत निवेदन दिन सक्ने व्यवस्था मिलाइएको ।
  • अति अशक्त लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता घरमा पुगि वितरण गरिएको ।

नियमित कार्यहरु

  • सामाजिक भत्ता निकासा, लाभग्राहीहरुको खातामा रकम जम्मा तथा शिविर मार्फत भत्ता वितरण कार्यक्रम सञ्चालन ।
  • ६ वटै वडामा नियमित पञ्जिकरण सेवा प्रदानमा सहजीकरण ।
  • व्यक्तिगत घटना दर्ता सप्ताह राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको निर्देशन वमोजिम सञ्चालन ।

 

योजना शाखा

  • हालसम्म सम्झौता भएका योजनाहरुः- २६२ वटा
  • हालसम्म सम्झौता भएका ठेक्काहरुः- १९ वटा
  • हालसम्म सम्पन्न भएका योजनाहरुः- १४९ वटा
  • हालसम्म सम्पन्न भएका ठेक्का योजनाहरुः- ५ वटा

 

उद्यम विकास शाखा

  • जुत्ता चप्पल तालिम वडा नं. २ मा १० जना र वडा नं. ६ मा १९ जना
  • वडा नं. १, २, ३ र ५ मौरीपालन तालिम
  • ७७ जनालाई १०० प्रतिशत अनुदानमा घुम्ती र पन्जा
  • ५० प्रतिशत अनुदानमा मौरीको घार वितरण
  • टपरी बनाउने तालिम वडा नं. २ मा १२ जनालाई
  • वडा नं. ३ मा अगरबत्ति बनाउने तालिम ७ जनालाई
  • वडा नं. ३ मा डल, कुशनको तालिम १४ जनालाई

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया