दुई विपन्न परिवारलाई खाद्यान्नसहित आर्थिक सहयोग



Live Gulmi


गुल्मी । गुल्मीमा दुई विपन्न परिवारलाई खाद्यान्नसहित आर्थिक सहयोग गरिएको छ । रेसुंगा नगरपालिका-१० सिमिचाैरका स्थायी बासिन्दा हाल रुपन्देहीमा ज्याेतिष सेवामा रहेका चुरामणी पाण्डेले दुई परिवारलाई सहयोग गरेका हुन् ।

धुर्कोट गाउँपालिका-४ जैसिथोकका रामबहादुर बिकलाई ४५ हजार बराबर आर्थिक सहयोग गरिएको छ । जसमा २५ हजार रुपैयाँ नगद र २० हजार बराबरको खाद्यान्न सहयोग गरिएको हो । यो परिवारमा एक महिना अघि ११ वर्षीय अनमाेल बिककाे मृत्यु भएको थियो । मृत्युको पीडामा रहेको यो परिवार आर्थिक रुपमा पनि कमजोर थियो । जसका कारण यो परिवारलाई सहयोग गरिएको हो ।

इस्मा गाउँपालिका-१ हस्तिचाैरका क्यान्सर पीडित दिपक खत्रीको उपचारका लागि २० हजार रुपैयाँ नगद तम्घासमा उनकी आमालाई हस्तान्तरण गरेर सहयोग गरिएको छ । बिरामी हाल चितवनको भरतपुरमा वी.पी. काेइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छन् । क्यान्सर पहिचान हुनुअघि घर आगलागीले सखाप पारेको यो परिवार अहिले आर्थिक सहयोगकाे अपेक्षामा छ । उनको उपचारमा विभिन्न ठाउँबाट सहयोग भइरहेको छ ।

सहयोगी चुरामणी पाण्डेले आर्थिक अभावमै समस्यामा परेकाहरुलाई मानवीय मर्मअनुरुप सहयोग गरिएको बताए । ‘आर्थिक अभावमै समस्याबाट गुज्रिएकाे परिवारलाई सहयोग गर्नुपर्छ,’ उनले भने, ‘मैले मेरो मानवीय धर्मअनुसार पीडितलाई सहयोग गरें ।’ पाण्डेले संचारकर्मी अनिता खत्रीको समन्वयमा पीडितकाे घरमै पुगेर सहयोग गरेका हुन् ।

( Jeevan rajan

धुर्काेट गाउँपालिका-४ जैसिथाेकमा आर्थिक सहयोग हस्तान्तरणमा स्थानीय युवा समाजसेवी राजन पाेखरेलले समन्वय गरेका थिए । वडाध्यक्ष वीरबहादुर कुँवरले पीडित परिवारलाई सहयोग गरेकोमा ज्याेतिष सेवामा रहेका पाण्डेलाई धन्यवाद दिए । ‘स्थानीय सरकारले गर्न नसक्ने सहयोग एक व्यक्तिले गर्नुभएको छ’, उनले भने, ‘वडाको तर्फबाट आभारी छाैं, यस्तै सत्कर्ममा सबै लाग्नुपर्छ ।’ इस्माका क्यान्सर पीडितलाई तम्घासमा आर्थिक सहयोग गरिएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया