पर्यटक यसरी बढाउन सकिन्छ



सन्तोष महतारा


गुल्मी । पछिल्लो समय पर्यटकीय स्थलहरुको सङ्ख्या बढ्दै गएका छन् । प्राकृतिक रुपमा सजिएका स्थलको व्यवस्थापन र मानव निर्मित पर्यटकीय संरचनाहरुको सङ्ख्या बढेपनि पर्यटकको भने कमी छ ।

गुल्मीको ऐतिहासिक धार्मीक क्षेत्र रेसुङ्गा, नेपालका चार धाम मध्येको एक रुरुक्षेत्र धाम, अर्जुन डाँडा, रेसुङ्गाको काममा निर्मित गर्जुरा पार्क, भुवने डाँडा मन्दिर, नेपालकै प्रसिद्ध बिचित्र गुफा, चोयगा मन्दिर, भार्से लेक, कालीगण्डकी क्षेत्र, टिमुरे ताल, मुसिकोट दरबार, इस्मा दरबार, धुर्कोट सहिद पार्क, कङ्के देउराली र मालिका क्षेत्र लगायत अझै थुप्रै घुम्न लायक पर्यटकीय स्थल छन् ।

Jeewan and Rajan Tailors

पर्यटकीय स्थलको निर्माणमा संघ, प्रदेश र स्थानीय सरकारको सक्रियता छ । तर, पर्यटकीय स्थलमा पर्यटक बढाउने तर्फ भने कसैको ध्यान छैन । जसका कारण पर्यटकीय क्षेत्रमा गरिएको लगानी बालुवामा पानी सरह भएको छ । पर्यटकीय क्षेत्रमा आर्थिक चलायमन नहुनुका कारणले गर्दा त्यस्ता संरचनाहरु बेकामका हुँदै गएका छन् । गुल्मीका अगुवा स्थानीयहरुले पर्यटक विभिन्न माध्यमबाट बढाउन सकिने बताउनुहुन्छ ।

The Star Family Restaurant

मालिका गाउँपालिका–८ का डिबी खड्काले गुल्मी जिल्ला पर्यटकीय सम्पदा र क्षेत्रमा प्रचुर सम्भावाना रहेको बताउनुभयो । रेसुङ्गामा जीप लाइन र केबुलकार संचालन गर्नुपर्ने, मालिका र मदाने क्षेत्रमा प्याराग्लाडिङ संचालन गर्नुपर्ने तब मात्र पर्यटक बढाउन सकिने बताउनुहुन्छ । यति गरेमा पर्यटकीय स्थलमा निकै चहलपहल बढ्ने खड्काको भनाइ छ ।

धुर्कोट गाउँपालिका–६ का हरि घिमिरेले सुविधाजनक होटल हुनुपर्ने, पर्यटक बस्न मन पराउने गरि व्यवस्थापन हुनुपर्ने र जिल्ला सदरमुकामबाट पर्यटकीय संरचनासम्म जानको लागि यातायातको राम्रो व्यवस्था हुनुपर्ने बताउनुभयो । गुल्मीका पर्यटकीय स्थलमा अथाह सम्भावना रहेकोले व्यवस्थित गरेर आन्तारिक साथै बाहिरी देशका पर्यटक पनि भित्र्याउन सकिने घिमिरे बताउनुहुन्छ ।

रेसुङ्गा नगरपालिका–७ की अञ्जु पन्थीले पर्यटकको सङ्ख्या बढाउनको लागि ंसडकको राम्रो सुविधा वा सडक फराकिलो हुनुपर्ने बताउनुभयो । बुटवल र पाल्पा आउनुभएका पर्यटक पनि बाटो साँघुरो भएकोले गुल्मीसम्म नआउने गरेको पाइएको छ । पन्थीका अनुसार गुल्मीमा रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडान भएमा पनि पर्यटक बढ्ने छन् । पर्यटकीय स्थलको सङ्ख्या बढाउनु भन्दा पनि व्यवस्थित तर्फ तिनै तहका सरकार लाग्नुपर्ने पन्थीको भनाइ छ ।

रेसुङ्गा नगरपालिका–१ की बिमला श्रेष्ठले बाटाघाटाको राम्रो संरक्षण र ठुलाठुला रेष्टुरेन्टको व्यवस्था गरेमा पर्यटक बढ्न सक्ने बताउनुहुन्छ । रेसुङ्गा नगरपालिका–९ का बालकृष्ण बरालले टावर र मन्दिरको संरचनाले मात्र पर्यटक नबढ्ने बताउनुभयो । “सङ्ख्या मात्र धेरै भएर हुँदैन, व्यवस्थित र घुम्न लायक हुनुपर्छ” उहाँले भन्नुभयो, “विज्ञसँग सुझाव लिएर पर्यटकीय स्थल व्यवस्थित गरेर पर्यटक बढाउनुपर्छ ।” सीमित संरचना बनाउने तर त्यसलाई आम्दानीको बाटोतर्फ लैजाने गरेर अगाडि बढ्नुपर्ने बरालले बताउनुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया