गुल्मी प्याब्सनद्वारा शोक पारित गर्दै दुई दिन विद्यालय बन्द गर्ने घाेषणा



अनिल खत्री


गुल्मी । देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा प्राण गुमाउनुपरेका विद्यार्थीहरूको असामयिक निधनले सम्पूर्ण शैक्षिक क्षेत्र मात्र होइन, सम्पूर्ण नेपाली समाजलाई नै स्तब्ध र मर्माहित बनाएको भन्दै गुल्मी प्याब्सनले दुई दिन शैक्षिक संस्था बन्द गर्ने घोषणा गरेको छ।

प्याब्सन गुल्मीका अध्यक्ष राजु कुँवरले जारी गरेको विज्ञप्तिमा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै आन्दोलनका क्रममा घाइते भएका विद्यार्थीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
शिक्षा क्षेत्रमा परेको ठूलो क्षतिप्रति ऐक्यबद्धता जनाउँदै प्याब्सन गुल्मीले २०८२ भदौ २४ र २५ गते (दुई दिन) शैक्षिक संस्था बन्द (शोक विदा) रहने निर्णय गरेको जानकारी गराएको छ।

प्याब्सनले यस दुःखद घडीमा सामाजिक शान्ति, सद्भाव र सहिष्णुता कायम राख्दै विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण सरोकारवालाहरूलाई संयमित भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया