इस्माले रैथाने बाली उत्पादनमा प्रोत्साहन गर्ने



अनिल खत्री


गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले लोपोन्मुख रैथाने बालीहरूको संरक्षण, प्रवर्द्धन र उत्पादनमा प्रोत्साहन दिने नीति सार्वजनिक गरेको छ। गाउँपालिकाको १८औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अध्यक्ष भगतसिंह खड्काले प्रस्तुत गरेका नीतिगत कार्यक्रमहरूमा विषादीरहित खेती तथा परम्परागत बाली संरक्षणलाई प्राथमिकता दिइएको छ।

अध्यक्ष खड्काका अनुसार परम्परागत रूपमा खेती हुँदै आएका कोदो, फाँपर, लट्टे, जुनेलो लगायतका बालीहरू अहिले लोप हुने अवस्थामा पुगेका छन्। यी बालीहरूको उत्पादनमा गिरावट आएको र कृषकहरूको चासो पनि घट्दै गएकोले पुनः उत्साह थप्ने उद्देश्यले संरक्षित बिउ संकलन, प्रविधि हस्तान्तरण र बजार व्यवस्थापनमा काम अघि बढाइने जनाइएको छ।

“रैथाने बालीहरू पोषणको दृष्टिले मात्र होइन, स्थानीय कृषि संस्कृतिको जगेर्नाका लागि पनि अत्यन्त महत्वपूर्ण छन्,” अध्यक्ष खड्काले गाउँसभामा भने।

गाउँपालिकाले कृषि ज्ञान केन्द्रसँगको सहकार्यमा आधुनिक कृषि यन्त्रको प्रयोग, कृषक प्रशिक्षण तथा बिउ संकलन जस्ता गतिविधि सुरु गर्ने तयारी गरिरहेको छ। साथै, सहरिया जीवनशैलीमा रैथाने बालीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै मूल्य अभिवृद्धि र बजारीकरणमा पनि विशेष ध्यान दिइने बताइएको छ ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया