रेसुङ्गा भित्र एसईईमा ४ जीपीए ल्याउनेलाई १ लाख पुरस्कार



अनिल खत्री


  • नगरमै ११ र १२ पढे थप ५० हजार छात्रवृत्ति

गुल्मी  । गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।

नगर प्रमुख खिलध्वज पन्थीले १७औँ नगरसभामा सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत “नगर प्रमुख शैक्षिक पुरस्कार” सुरु गरिने जानकारी गराउनुभयो।

यस अनुसार, नगरभित्रका विद्यालयमा अध्ययन गरेर एसईईमा ग्रेड पोइन्ट औसत (जीपीए) ४.० प्राप्त गर्ने विद्यार्थीलाई नगद १ लाख रुपैयाँ पुरस्कार दिइनेछ।

त्यति मात्र होइन, उक्त पुरस्कार प्राप्त गर्ने विद्यार्थीले नगरपालिकाभित्रकै सामुदायिक विद्यालयमा कक्षा ११ र १२ अध्ययन गरेमा, कक्षा १२ उत्तीर्ण भएपछि थप ५० हजार रुपैयाँ छात्रवृत्तिको रूपमा एकमुष्ठ प्राप्त गर्ने व्यवस्था पनि गरिएको छ।

( Jeevan rajan

नगरपालिकाका अनुसार यो योजनाले विद्यार्थीहरूलाई उत्कृष्टता हासिल गर्न प्रेरणा दिनेछ भने सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा पनि टेवा पुग्नेछ।

नगर प्रमुख पन्थीले योजना मेहनती र लक्ष्यमा केन्द्रित विद्यार्थीहरूका लागि थप ऊर्जा र उत्प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया