गुल्मी । गुल्मीमा जारी महोत्सवमा चर्चित लोकदोहोरी गायिका ज्योति मगरले आफ्नो प्रस्तुति मात्र होइन, अनौठो घोषणाले पनि दर्शकको ध्यान खिचेकी छिन् । भीडले भरिएको स्टेजमा धमाकेदार प्रस्तुति दिएपछि उनले हँसिलो शैलीमा भनिन्, ‘अहिलेसम्म गाडीमै आएको थिएँ, अब अर्को पटक त सुनको घोडामै आउँछु । ’
उनको यो भनाइले दर्शकबीच हाँसो र तालीको गुन्जायमान भयो । खुला बोली र फरक स्टाइलका कारण सदैव चर्चामा रहने ज्योति मगरको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा पनि भाइरल बन्दैछ ।
हिजो अर्थात सोमबार वैशाख १५ गते आफनो प्रस्तुती दिन गुल्मी पुगेकी मगरले दिएको अभिव्यक्ति व्यङ्यात्मक थियो । उनको यो भनाइ सोहि कार्यक्रममा हेलिकप्टर मार्फत पुगेका गायक दुर्गेश थापालाई लक्षित थियो ।
पछिल्लो समय बिरलै एउटै मञ्चमा नदेखिने गरेका गायिका ज्योति मगर र दुर्गेश थापाको एकै दिन पालो परेको थियो । सोहि क्रममा थापा हेहिकप्टरमा महोत्सवमा आएका थिए ।
उनि साढे दुई बजे आएका थिए । सिधै स्टेजमा गएर करिब डेढ घण्टासम्म आफना प्रस्तुती राखे ।
उनि त्यस लगत्तै फर्कि हाले । करिब साढे चार बजे गायिका मगर आफनो प्रस्तुती दिन महोत्सवमा पुगेकी थिइन ।
सो क्रममा उनले कैयौं गीतहरु प्रस्तुत गरिन । प्रस्तुती राख्ने क्रममा उनले अत्यतिर व्यंग्य प्रहार भनेकी थिइन, ‘ज्योति मगर थोत्रो कारमा आउदै, लोकल कलाकार चप्पल पडकाउदै आउदै आउने यहिँ हो पफमेन्स गर्ने यहि हो, आउदै भने सक्कि गो ।’
उनले भनिन, ‘अनि म कन्फ्युज हुन्छु के थाहा छ मान्छेहरुले दुर्गेश थापा हेर्न आइजा भनेको हो की हेलिकप्टर हेर्न आइजा भनेको हो ।’ ज्योति मगर ज्योती मगर हो ।
यस क्रममा उनले भनिन, ‘नेपालमा हेर्न लायक भनेको दुर्गेश थापा चढ्ने हेलिकप्टर र ज्योति मगर ।’ त्यसैले अर्को पटक मैले सोचि रहेको छु के एस्सो मिलाएर सुनको घोडा चढेर आउ की भनेर सोचि रहेको छु ।
मैलाको प्रचारप्रसार गर्ने मान्छेले गरोस के ज्योति मगर त सुनको घोडामा चढेर आउदै भनेर उनले थपिन, ‘शान्तिश्री परियार त पित्तलको हात्तिमा चढेर आउदै बिर्सेर फेरि एक सिङे गैडामा चढेर आउदै भनेर भन्न हुदैन है मलाइ त एक सिङे गैंडा सित डर लाग्छ है ।’ यत्ति भनेर उनले कार्यक्रम सकिएको छैन एक छिन बस्नुस भनेर दर्शकलाई आग्रह गरेकी थिइन ।
उनको यो भनाइ गायक थापा र गायिका शान्तिश्री परियारलाई व्यंग्य लक्षित गरेको पाइन्छ । उनको भनाई सामाजिक संजालमा भाइरल बन्न लागेको छ ।
गुल्मी महोत्सवमा उनको प्रस्तुति हेर्न टाढा–टाढाबाट दर्शक आएका थिए । ज्योति मगरले आफ्ना चर्चित गीतहरू गाएर महोत्सवमा झनै रौनक थपेकी थिइन । आयोजकहरूका अनुसार महोत्सवमा यस वर्ष देशभरका चर्चित कलाकारहरूको सहभागिता रहेको जनाएको छ ।
गुल्मीमा कृषि, पर्यटन उद्योग र व्यापार प्रवद्र्धन गर्न भन्दै वैशाख ५ गतेदेखि सञ्चालन भइरहेको महोत्सव वैशाख १७ गतेसम्म चल्नेछ । आयोजकले महोत्सवलाई केहि दिन थप्ने तयारी समेत गरेको छ ।
गुल्मी चेम्बर अफ कमर्सको आयोजना र जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.ली बुटवल, रूपन्देहीको व्यवस्थापनमा महोत्सव सञ्चालन भइरहेको छ । जिल्लामा भएका मझौला उद्योगको प्रचारप्रसार गरेर प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा स्थानीय स्तरबाट उत्पादन भएका सामग्रीको प्रदर्शन गरिनुका साथै कृषि उत्पादनको प्रदर्शन गरेर बजारीकरणमा टेवा पु¥याउने आयोजकले लक्ष्य लिएको गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए । महोत्सव अवधीभर सांस्कृतिक कार्यक्रममा लोकप्रिय कार्यक्रम इन्द्रेणी टिम सहित विभिन्न विधाका झण्डै एकसय बढी कलाकारको प्रस्तुती रहने भएको आयोजकले जनाएको छ ।
महोत्सवबाट ३० करोडको आर्थिक कारोबार र डेढ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको । महोत्सवमा टिकट शुुल्क विद्यार्थी ५० रुपैयाँ र अन्य व्यक्तिलाई १०० रुपैयाँ लाग्नेछ ।
७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइएको आयोजकले जनाएको छ । महोत्सवको ११औं दिन दुर्गेश थापा आउने भनेर प्रवेश शुल्क दोब्बर बनाइएको थियो ।
शुल्क दोब्बर बनाइए पनि दर्शकहरु उल्लेख्य मात्रामा प्रवेश गरेका थिए ।