गुल्मी । कृषि पर्यटन, उद्योग र व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालनमा रहेको गुल्मी महोत्सवमा चहलपहल बढदै गएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा “गुल्मी जिल्लाको समृद्धिको आधार ः कृषि, पर्यटन, उद्योग र ब्यापार” भन्ने नाराका साथ वैशाख ५ गतेदेखि सुरु भएको महोत्सवको शनिबार नवौं दिनमा अत्यधिक बढेको हो ।
महोत्सव वैशाख १७ गतेसम्म चल्ने छ । महोत्सवमा दैनिक जसो विभिन्न विधाका राष्ट्रिय र स्थानीय कलाकारको साँस्कृतिक कार्यक्रम हुँदै आएको छ ।
शनिवार लोक गायक पुश्कल शर्मा, लक्ष्मण खड्का, रितु थापा,शान्तारानी परियार, दिपक गरौजा लगायत स्थानीय कलाकारको प्रस्तुत रहेको थियो । महोत्सवमा आइतबार लोकप्रिय कार्यक्रम इन्दे्रणीका टिमको प्रस्तुति रहने भएको छ ।
कार्यक्रममा लोकप्रिय गायक तथा इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल, गायक छत्रबहादुर शाही, गायक युवराज चौलागाई, गायिका मनमाया वाइवा, भुमिका वयक, गायिका कृष्ण कुमारी बजगाई, लगायतका कलाकारहरु प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवमा विभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, विभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि महोत्सव अवधीभर प्रर्दशन गरिदै आएको महोत्सव प्रचारप्रसार समिति संषेजक प्रेम घिमिरेले बताए ।
गुल्मी महोत्सवको तम्घासमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु, मनोरञ्जनात्मक पिङ लगायत विभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री वितरणको लागी राखिएको छ । मेलामा ३ सय वटा स्टल रहेका छन् ।
त्यसमध्ये केहि स्टल स्थानीय उत्पादनका सामाग्रीहरु राख्ने गरि व्यवस्था मिलाइएको छ । महोत्सवमा स्थानीय व्यापारीहरुलाई प्रोत्सहान गर्न भन्दै छुटमा स्टल दिइएको छ ।
महोत्सवमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरूसँगै गुल्मी जिल्लामा विभिन्न जाति विशेषका खाना परिकारहरू, विभिन्न संस्कृति झल्किने झाँकीहरू पनि प्रदर्शन गरिएको छ ।
जिल्लामा भएका मझौला उद्योगको प्रचारप्रसार गरेर प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय स्तरबाट उत्पादन भएका सामग्रीको प्रदर्शन गरिनुका साथै कृषि उत्पादनको प्रदर्शन गरेर बजारीकरणमा टेवा पु¥याउने आयोजकले लक्ष्य लिएको गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए ।
महोत्सव अवधीभर सांस्कृतिक कार्यक्रममा लोकप्रिय कार्यक्रम इन्द्रेणी टिम सहित विभिन्न विधाका झण्डै एकसय बढी कलाकारको प्रस्तुती रहने भएको आयोजकले जनाएको छ । महोत्सवबाट ३० करोडको आर्थिक कारोबार र डेढ लाखले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको ।
महोत्सवमा टिकट शुुल्क विद्यार्थी ५० रुपैयाँ र अन्य व्यक्तिलाई १०० रुपैयाँ लाग्नेछ ।७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइने भएको छ ।