गुल्मीमा बेवारिसे फेला परेको शवको पहिचान खुल्यो



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको मदानेमा बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । प्युठान जिल्ला झिमरुक गाउँपालिका वडानम्बर- २ बाँदिकोट बस्ने २५ वर्षको प्रकाश सामत रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले बताए  ।

सामतको शव गुल्मी जिल्लाको मदाने गाउँपालिका वडानम्बर- ४ झार्कीसल्ला भन्ने स्थानको ढोरपाटन सडकको करिब ३ सय मिटर तल फेला परेको थियो । बेवारिसे अवस्थामा शव फेला परेपछि प्रहरीले पहिचानको लागि सबै तिर खबर गरेको थियोे ।

सबै तिर खबर गरेलगत्तै मृतक सामतको परिवार सम्पर्कमा आएको डिएसपी दाहालले बताए  । मृतको सामत फागुन १४ गते रातिबाट परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । के कारणले मृत्यु भएको भन्ने बारेमा खुलेको छैन् । घटनाबारे थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पुर्कोटदह बाट प्रहरी निरीक्षक दिपक केसीको कमान्डमा प्रहरी खटिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया