गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ बुल्मका ४३ वर्षीया नारायण कुमाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सोमबार बिहान कच्ची मोटरबाटोमा मृत अवस्थामा भेटिए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाको कमान्डमा प्रहरी खटिएको छ ।