सुमित्रा बोल्दिनन्, आँसुले बच्चा बचाइदिन भनिरहेकी छन्……..



टाेपलाल अर्याल


गुल्मी । सुमित्राका आँखाको आँसुले बेडको छोरा बचाउन आग्रह गरिरहेको थियो । किनकी उनी बोल्दिनन्, सुन्दिनन् । कस्तो बिडम्बना ! छोरा रोएको पनि सुन्न नपाउने । बोल्ने भएको भए कति चिच्याएर छोराको लागि हात जोड्थिन होला सुमित्रा । मदाने गाउँपालिका–३ सिर्सेनी सिमकी सुमित्रा परियारका आठ महिनाको छोरा निमोनियाले बेहाल छन् । बच्चा १० फागुनदेखि गुल्मी अस्पताल तम्घासमा भर्ना भएका छन् । सुमित्रा बेडमा छोरा तड्पिको देखेर रुन्छिन् । तर, पीडा अभिव्यक्त गर्न सक्दैनन् । किनकी उनी बोल्दिनन्, सुन्दैनन् । छोरालाई ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल आएकी हुन् । छोरा शाहारा परियारलाई निमोनिया रहेको गुल्मी अस्पतालकी डाक्टर बिद्या पन्थीले जानकारी दिइन् ।

बच्चाको अवस्था सुधार नभएकाले आइसियु वा भेण्टिलेटरमा राखेर उपचार गर्दा राम्रो हुने भएकाले बाहिर पठाउन खोजिएको डाक्टर पन्थीले बताइन् । थप उपचार गर्न बाहिर जान डाक्टरहरुले सुझाव दिएपनि आर्थिक अभावको कारण पीडित परिवारले बेड छोड्न सकिरहेका छैनन् । घरमा छोरा जन्मिएपछि राम्रो स्याहार नभएकाले छोरी माइतमै बस्दै आएको बुवा भेष बहादुर विकले बताए । माइतमा आर्थिक रुपमा जोहो गर्ने कुनै उपाय छैन् । बाहिर लैजान केहि क्रृणधन जुटाउन घर गएका बुवा पनि केहि उपाय नभएपछि खाली हात अस्पताल फर्किए । छिमेकी खिमानन्द भट्टराईले बच्चाको अवस्था दयानीय भएकाले गाउँबाट अस्पतालसम्म पुराएर सहयोग गरे ।

अहिले पनि पीडित परिवार राम्रो ठाउँमा छोराको उपचार गर्न चाहान्छन् । बृद्ध वुवा र अपांग छोरीसंग निमोनियाले च्याँपेको बच्चाको सहजीकरण गर्न चुनौति छ । सोमबार बिहानबाट पत्रकार र अधिकारकर्मीहरुले बच्चाको थप उपचारको लागि बाहिर पठाउन सहजीकरण गरिरहेका छन् । गुल्मी अस्पताल तम्घासका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले अहिलेसम्म बच्चाको उपचार र आमाको खानपान अस्पतालले गरिरहेको र बाहिर पठाउन समेत एम्बुलेन्सको निशुल्क व्यावस्था गरिने बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार र पीडित परिवारको सहजीकरणको लागि प्रशासन र सिर्सेनी समाजसंग समन्वय भइरहेको छ ।

अस्पतालमा आमाको उपचारका लागि आएका रेसुंगा नगरपालिका–१० का कृष्ण कुमार बस्नेतले आमा र बच्चाको पीडाले आफु पनि बिक्षिप्त भएकाले पत्रकारहरुलाई खबर गरेको बताए । ‘आमा सुन्दैनन्, बोल्दैनन आँखामा आँसु छन् । बच्चा पीडा रोएर कोठा थर्काउँछन्,’उनले भने,‘अबोध बच्चाको उपचारमा पत्रकारले खेलेको भूमिका उत्कृष्ट लाग्यो ।’

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया