गुल्मीदरबारमा एकीकृत घुम्ती शिविर तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सप्पन्न



नवीन कार्की


गुल्मी । गुल्मीदरबार गाउँपालिकाले पालिकाको कार्यालय बाट प्रवाह हुने सेवाहरु बडामै पुगेर प्रदान गरेको छ। पौष १ गते बडा न.१ को बलिथुम बाट सुभारम्भ भएको उक्त कार्यक्रम आज गाउँपालिकाको बडा न.७ मा सप्पन्न भएको छ।

शिविरमा जेष्ठ नागरिक तथा संरक्षक सम्मान कार्यक्रम अन्तर्गत ८१ बर्ष देखि ८३ बर्ष सम्मका जेष्ठ नागरिक ७६ जना र ६६ बर्षदेखि ६८ बर्ष सम्मका दलित जेष्ठ नागरिक ४४ जना गरि १२० जना जेष्ठ नागरिक तथा दलित जेष्ठ नागरिक हरुलाई सम्मान गरेको थियो।
उक्त एकीकृत घुम्ती शिविरमा ७९ बटा योजना सम्झौता गरिएको छ ।

त्यस्तै एमबिबिएस डाक्टर द्वारा बिरामी जाँच ५६२, गर्भवती भिडियो एक्सरे १४,सुगर परिक्षण ३४९ पिसाब बाट मृगौला परिक्षण १४४ रक्तचाप परिक्षण ५६२ पशुपंन्छी परामर्श १५१ जेष्ठ नागरिक परिचयपत्र वितरण ३७ नयाँ व्यवसाय दर्ता/नवीकरण/खारेजी/नाम परिवर्तन २२१ कृषि सम्बन्धि परामर्श १०८ अपाङ्ग परिचयपत्र वितरण ६ जनालाई सेवा प्रदान गरिएको थियो उक्त घुम्ती शिविरमा २,४४,९२५ राजस्व संकलन भएको थियो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया