चन्द्रकाेटमा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र बितरण



सुमन महतारा


गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका गुल्मीमा अपाङ्ग परिचय पत्र बितरण गरिएको छ । गाउँपालिकाले अपाङ्ग परिचयपत्र वितरण कार्यविधि २०७५ अनुसार हुनेगरी पालिकाभित्रका ११ जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिको पहिचान गरी परिचयपत्र वितरण गरिएको गाउँपालिका प्रशासन शाखा प्रमुख शिव प्रसाद ज्ञवालीले बताए उनले १ जनालाई “क” बर्ग, ५ जनालाई “ख” बर्ग, ४ जनालाई “ग” बर्ग र १ जनालाई “घ” बर्गको परिचयपत्र वितरण गरिएको जानकारी दिएका छन् ।                                                                                  गाउँपालिका उपाध्यक्ष एवम् पालिका स्तरिय अपाङ्गता समन्वय समितिका संयोजक विष्णु प्रसाद भण्डारीले वास्तविक अपाङ्गहरुकाे पहिचान गरि परिचयपत्र बितरण गरिएको बताएका छन् । उनले वास्तविक अपाङ्ग नछुट्ने गरि कार्य गरेको जानकारी दिएका छन् । गाउँपालिका अध्यक्ष युवराज केसिले अति जटिल र क वर्गका अपाङ्गहरु जाे परिचयपत्र बितरण गर्ने ठाउँमा आउन सक्दैनन् उनका लागि घरमै गएर परिचयपत्र बितरण गरिएको र गरिने बताएका छन् ।
कार्यक्रममा वडाध्यक्षहरु, नि.प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीहरु एवम् अपाङ्गता समन्वय समितिका सदस्यहरुको उपस्थिति रहेको थियो भने अपाङ्गगता भएका व्यक्तिहरुको चेकजाँच गरी सिफारिस गर्ने कार्य जाेहाङ्ग प्राथमिक उपचार केन्द्रका मेडिकल अधिकृत डा. तुल्सीराम ढकालले गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया