गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा पहिरो प्रभावितलाई लक्ष्यित गरि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । मालिका गाउँपालिकाकाे कार्यालयकाे आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हाे । पहिराे प्रभावित परिवारका एक सय ७६ जनाकाे स्वास्थ्य जाँच, २७ वटा कृषि सेवा, एक सय १३ जनालाई भेटेरीनरी सम्बन्धी सेवा र ६४ जनालाई आयुर्वेदिक सेवा उपलब्ध गराइएको गाउँपालिका स्वास्थ्य संयाेजक वसन्त भुषालले बताए । उनले प्रभावित नागरिकको जिल्ला अस्पतालमा कार्यरत बिशेषज्ञ डाक्टरले चेकअफ गरिएको उनले जानकारी दिएका छन् । पहिरो प्रभावित वडा नम्बर दुई दर्लिङका ४३ परिवार सुरक्षित रुपमा स्वास्थ्य केन्द्र र विद्यालयमा बस्न व्यावस्था गाउँपालिकाले गरिदिएकाे गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए । उनले पहिराे प्रभावितकाे तत्काल आवस्यक पर्ने सेवाहरु गाउँपालिकाले उपलब्ध गराइएको जानकारी दिएका छन् । बाढी र पहिरोबाट विस्थापित भएको परिवारकाे घर गाउँपालिकाले निर्माण गरिदिने गाउँपालिका अध्यक्ष देविराम अर्यालले बताए । उनले बाढी पहिरो प्रभावितकाे साथमा सिंगो गाउँपालिका रहेकाे र हत्ताेसाहित नहुन सबैलाई अनुरोध समेत गरेका छन् । यो व्यवस्था २२ साउनदेखि सुरु भएको हो ।
तपाईंको प्रतिक्रिया
-
महतारा Live Gulmi का सह-सम्पादक हुन् । उनी माउन्टेन टेलिभिजन र मध्यान्ह राष्ट्रिय दैनिकका संवाददाता पनि हुन् ।लेखक द्वारा अन्य